स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण गरियो
Monday, July 25th, 2022, 8:21 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा सामाजिक परीक्षण सम्पन्न भएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र खजुरा व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्वर ३ का वडाध्यक्ष पूणर् बहादुर भण्डारीको अध्यक्षतामा भएको सामाजिक परीक्षण अन्र्तगतको आम भेलामा सामाजिक परीक्षक तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सामाजिक परीक्षणका क्रममा गरिएका विभिन्न अध्ययनहरुबाट प्राप्त तथ्यहरुका आधारमा तयार पारिएको प्रतिबेदन प्रस्तुत गरेका थिए । स्वास्थ्य केन्द्र ईञ्चार्ज लक्ष्मी केसी वलीले स्वास्थ्य केन्द्रले प्रवाह गर्ने सेवा र सुविधाको प्रभावकारिताबारे तथ्यांक प्रस्तुत गरिन् ।
दोहोरो सम्वाद भएको कार्यक्रमको अन्तमा ५ बुँदे कार्ययोजना बनाइएको छ । बनाइएको कार्ययोजनामा आमा समूहको बैठक खर्चका लागि वडाबाट बजेट विनियोजन गर्ने, खोप केन्द्रहरु निर्माणका लागि वडाबाट क्रमागत रुपमा बजेट विनियोजन गर्ने, हाल रिक्त रहेको एमबिबिएस डाक्टरको व्यवस्था गर्न पहल गर्ने, आवश्यक औषधि उपलब्धताका लागि पालिका, स्वास्थ्य शाखासँग माग गर्ने, प्रेसर तथा सुगर जस्ता रोगहरुको उपचारका लागि ज्येष्ठ नागरिक, महिला स्वयंसेविकाहरुलाई निःशुल्करुपमा गर्नका लागि आवश्यक पहल गर्ने रहेका छन् ।