अपहरण गरी ७ लाख माग्ने ६ जना प्रकाउ
Tuesday, July 26th, 2022, 9:15 pm
Kalpristha
तुलसीपुरमा अपहरण गरेर ७ लाख माग्ने ६ जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दैलेखको चामुण्डाविन्द्रसैनी नगरपालिका वडा नं. ३ बस्ने २७ बर्षीय केशव कुमार विकलाई अपहरण गरि ७ लाख मागेको भन्दै ६ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नं. ४ निवासी ३५ वर्षीय लिला विक, सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती, तुलसीपुर ७ निवासी २६ जर्षीया निर्मला विक, तुलसीपुर ४ खाद्रे निवासी २५ वर्षीय सुकलाल विक, कपिलबस्तु शिवराज नगरपालिका ९ बस्ने २० वर्षीय मनोज थारु र गाडी चालक प्यूठान ७ घर भइ हाल तुलसीपुर ६ बस्ने २४ बर्षीय जनक कुँवर रहेका छन् । निर्मलालाई प्रयोग गरेर उनीहरुले अपहरण गरेका हुन् ।
केशवलाई सोमबार ९ बजे बुटवल बोलाएर, त्यहाँबाट दाङ ल्याइएको हो । दाङ ल्याएपछि तुलसीपुरको सल्यान रोड स्थित युवम होटेलमा बन्धक बनाएर राखिएको थियो । त्यसपछि पैसा माग्नकालागि उनले दैलेख स्थित श्रीमतिलाई भने र श्रीमतिले इप्रका तुलसीपुरलाई फोन गरेपछि डीएसपी अर्यालको कमान्डमा खटिएको १५ जनाको प्रहरी टोलीले उनीहरुलाइ मंगलबार ५ बजेतिर नियन्त्रणमा लिएको हो ।
सुकलाल, मनोज र पीडित केशवबीच लेनदेनको कुरा थियो । उनीहरु विदेश संगै बसेको र लेनदेनको कुरा भएकाले त्यो मिलान नभएपछि अपहरणको अबस्था सिर्जना भएको हुन सक्ने प्रहरीले बताएको छ ।