जिर्ण भवनले गिज्याई रहेछ महेन्द्र बुहुमुखी क्याम्पसको इतिहासलाई
Thursday, July 28th, 2022, 12:47 pm
Kalpristha
महेन्द्र बुहुमुखीक्याम्पसको परिसर शिक्षा मैत्री देखिदैन । सरसफाईमापनित्यति धेरै चासो दिइएको छैन । भत्किएका संरचना र कमजोर व्यवस्थापनले संकेत गर्छ क्याम्पसले कसरी जनशक्तिउत्पादनगरिरहेको छ भन्ने । क्याम्पसका जीर्ण भवनले यहाँको व्यवस्थापनपक्षलाई गिज्याइ रहेकोछ ।
विक्रम बढाक्षेत्री
नेपालगन्ज, ११ साउन
पश्चिम नेपालमा उच्च शिक्षा प्रदान गर्ने क्याम्पसमा पर्छ महेन्द्र बहुमुखी क्याम्पस । निजी क्षेत्रले कलेज संचालन गर्नुअघि त प्रमाणपत्रदेखि उच्चशिक्षासम्म महेन्द्र बहुमुखी क्याम्पस नै पहिलो रोजाइमा पर्ने गरेको थियो । समयक्रमसँगै निजी विद्यालयको संख्यामा नेपालगन्जमा ह्वात्तै बढ्यो । सरकारी क्याम्पसमा आकर्षण घट्दै गयो । तर उच्चशिक्षाको लागि भने महेन्द्र बहुमुखी पश्चिम क्षेत्रमाअझै अग्रणी भूमिकामै छ ।
समय सापेक्ष आफूलाई परिमार्जन र परिस्कृत गर्नुपर्ने क्याम्पस नै अहिले जिर्ण अवस्थामा छ ।
महेन्द्र बुहुमुखी क्याम्पसको परिसर शिक्षामैत्री देखिदैन ।सरसफाइमा पनि त्यति धेरै चासो दिइएको छैन । भत्किएका संरचना र कमजोर व्यवस्थापनले संकेत गर्छ क्याम्पसले कसरी जनशक्ति उत्पादन गरिरहेको छ भन्ने । क्याम्पसका जीर्ण भवनले यहाँको व्यवस्थापन पक्षलाई गिज्याइ रहेको छ ।
क्याम्पसमा टाढाबाट पढन आउने विद्यार्थी बस्ने छात्रावासदेखि पठन पाठन हुने केहि भवनहरु जिर्ण अवस्थामा पुगिसकेका छन् । त्यस्ता संरचनाको मर्मत वा त्यसलाई भत्काएर नयाँ संरचना बनाउने तर्फ क्याम्पससँग कुनै ठोस योजना देखिँदैन ।
एउटा खुसीको कुरा, व्यवस्थापन जतिसुकै कमजोर भए पनि यहाँ विद्यार्थीको आर्कषण भने घटेको छैन ।
क्याम्पसको व्यवस्थापन तथा अध्यापनमा सुधार आउँदै गरेको महेन्द्रमा हाल अध्ययनका लागि आउने विद्यार्थीको संख्या दिन प्रतिदिन बढ्दै गई रहेको छ । हाल महेन्द्रमा ८ हजारको हाराहारीमा विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । तर क्याम्पसका भौतिक संरचना एवम् कक्षा कोठा भने ज्यानमारा बन्दै गएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस इकाई अध्यक्ष चक्र रावतले आफ्नो फेसबुकमा असार २२ गते ‘त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अध्ययन गर्न आउने विद्यार्थी संख्या दिन प्रतिदिन बढ्दै गैरहेको छ भने भौतिक संरचनाहरु भत्किदै गइरहेका छन्’ भनेर लेखेका थिए । उनले फेसबुकमा क्याम्पसका जिर्ण भएका भवनका केही तस्बिर पनि राखेका थिए ।

.
तस्बिरमा देखिएको दृष्य असार २२ गतेको हो । सो दिन महेन्द्र बहुमुखी क्याम्पसको विज्ञान संकाय भवनभित्रको कक्षाकोठामा छतबाट ईट्टा र कंक्रिट खसेको थियो । छतबाट खसेको उक्त ईट्टा र कंक्रिटले कक्षाकोठामा रहेको काठका डेस्क र बेन्च नै भाचिएको थियो । कुशलत सो दिन कक्षाकोठामा विद्यार्थीहरु थिएनन् ।
इकाई अध्यक्ष रावत सो दिनक क्षाकोठामा विद्यार्थीको उपस्थिति भएको भए कुनै पनि घटना हुन सक्ने बताउँछन् । रावत भन्छन्, ‘यो फोटोमा जुन तरिकाले माथिबाट ईट्टा खसेर तलको बेन्च नै भाचिएको छ । त्यो बेला त्यहाँ कोही विद्यार्थी भएको भए मृत्यु पनि हुन सक्थ्यो ।’
यस विषयमा क्याम्पसका प्रमुख लालामणि आचार्य, शिक्षा संकाय सहायक क्याम्पस प्रमुख डा. इन्द्रबहादुर भण्डारी, लेखा अधिकृत रेशम आचार्य क्याम्पसको भवन पुरै जिर्ण भई सकेको बताउँछन् । उनीहरुले क्याम्पसका पुराना भवनमा विद्यार्थीलाई अध्यापन गराउनै नमिल्ने अवस्थामा पुगेको बताए ।

.
तस्बिरमा देखिको दृष्य क्याम्पसको दक्षिणतर्फ रहेको भवनको छत हो । यस भवनका अधिकांश छतहरुबाट ईट्टा र कक्रिट खस्ने गरेको छ । यो दृष्य प्राय सबै कोठाहरुको छतमा उस्तै देख्न सकिन्छ ।
सो घटना क्याम्पसको प्रतिनिधि घटनामात्र हो । यस्ता घटना वर्षौदेखि दोहोरी रहेका छन् ।
महेन्द्र विद्यालयको उत्तर तर्फको भवन बाहेक बाँकी सबै भवन पुराना हुन् । यी भवनहरु २०२२ सालमा राजा महेन्द्रको पालमा बनेका हुन् । यसरी हेर्दा ती भवनहरु ५७ वर्ष पुराना भएको देखिन्छ । सरदरमा कुनै पनि भवनको अधिकतम आयु ५० वर्ष हुने गरेको सहायक क्याम्पस डा. भण्डारीले बताए ।
महेन्द्र क्याम्पस राजा महेन्द्रको पालामा स्थापना भएको र भवन पनि उनकै पालामा बनेका कारण क्याम्पसको नामाकरण उनकै नामबाट राखिएको हो ।
क्याम्पसको दक्षिणतर्फ रहेको भवन अस्वोभाविक घटना घट्ने पर्खाइमा रहेको देख्न सकिन्छ । उक्त भवनमा रहेका कक्षाकोठा र बरण्डाको माथिल्लो भागहरु धेरैजसो जिर्ण भएर खसिसकेका छन् । भवनको छत बनाउन प्रयोग गरिएको भित्री सरियाह प्रष्टै देख्न सकिन्छ । यि भवनहरुमा वर्षातको समयमा पानी पनि चुहिने गर्दछ ।

.
यसका अलवा क्याम्पसमा रहेको छात्रावास भवनको अवस्था पनि उस्तै रहेको छ । १ नम्बर छात्रावासलाई त क्याम्पसले पूर्णरुपमा विद्यार्थीलाई बस्न बन्देज गरेको छ । तर पनि केहीविद्यार्थीहरु बाध्यताले सो भवनमा बस्न बाध्य छन् । सोही छात्रावासमा बसेका विद्यार्थीहरु छत खस्ने जोखिम हुँदाहुँदै पनि अन्य विकल्प नभएका कारण आफूहरु बस्न बाध्यभएको बताउँछन् ।
संघीय आयोजना कार्यान्वयन इकाईले पनि क्याम्पसमा रहेको भवनहरु पूर्णरुपमा जिर्ण भएको निस्कर्ष निकालेको छ । क्याम्पस प्रमुख आचार्य भवनको अवस्थाबारे प्राविधिक जाँच गर्न संघीय आयोजना कार्यान्वयन इकाईबाट प्राविधिकको टोली खटाइएको बताए । उनले भने, ‘भवनहरु धेरै जिर्ण भएपछि केन्द्रलाई यसको अवस्था अवगत गराउन प्राविधिकको टोलीद्वारा जाँच गराइएको थियो । उहाँहरुको प्रतिवेदनअनुसार भवनमा विद्यार्थीलाई पढाउन नमिल्ने र यसलाई मर्मत सम्भार पनि गर्न नमिल्ने अवस्था पुगेको छ । अब यो भवनलाई पुरै भत्काएर नयाँ भवन बनाउनु पर्छ ।’
मंगलबार महेन्द्र क्याम्पसले १ नम्बर छात्रावासमा बस्न निषेध गर्दै सूचना जारी गरेको छ । क्याम्पस प्रमुख आचार्य भन्छन्, ‘यस क्याम्पसका छात्रावासहरु जिर्ण प्राय रहेकोले यी छात्रावास भवन मध्ये १ नम्बर छात्रावास अत्यन्त जीर्ण अवस्थामा रहेकोले कुनै पनि बेला भत्किन सक्ने हुँदा उक्त छात्रावासमा कुनै विद्यार्थीहरु नबस्न सूचना जारी गरिएको हो । यदि कुनै विद्यार्थीले यो सूचनालाई ब्यवास्ता गरी बसेको अवस्थामा पछि कुनै दुर्घटना हुन गएमा क्याम्पस प्रशासन जवाफदेही नहुनेसमेत सोही सूचनाद्वारा जानकारी गराएको छ ।’
केन्द्रको प्राथमिकतामा परेन
महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख आचार्यसहितको टोली साउन २० गते काठमाडौं जाँदै छ । उनीहरु सोही जिर्ण भएका भवनका विषयमा डेलिगेसन गर्न काठमाडौं जान लागेका हुन् ।
यसअघि करिब ६ महिना अगाडि क्याम्पसले भवनबारेमा पूर्ण विवरणसहित १० करोड रुपैयाँको स्टिमेट केन्द्रका विभिन्न निकायमा पठाइ सकेको छ । प्रमुख आचार्यका अनुसार विश्वविद्यालयका सम्पूर्ण निकायदेखि शिक्षा मन्त्रालय, अर्थ मन्त्रालयमा महेन्द्र क्याम्पसको भवनको जानकारी पठाई सकिएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका जनप्रतिनिधिहरुले पनि महेन्द्रका भवनहरुको अवलोकन गरिसकेका छन् । दुई महिना अगाडि विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले पनि उक्त जिर्ण भवनको अवलोकन गरिसकेका छन् । तर उक्त भवनको विषयमा कुनै पनि निकायबाट ठोस कदम आउन सकेन । यहाँसम्मकी अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पनि महेन्द्र क्याम्पस अटाउन सकेन ।
भवन बनाउनका लागि क्याम्पसले केन्द्र तथा विश्वविद्यालयमा जानकारी गराउन लागेको कयौंपटक भई सकेको छ । तर विश्वविद्यालयले नै बजेट दिन नसक्ने र केन्द्रीय सरकारको चासोको विषय बन्न नसकेकाले क्याम्पसको भवननिर्माणका लागि बजेट आउन नसकेको प्रमुख बताउँछन् । विश्वविद्यालयले त आफूसँग भवन बनाउनका लागि बजेट नै नभएको र नेपालगन्ज उप–महानगरपालिकाले त्यति ठूलो बजेट उपलब्ध गराउन असमर्थ भएको उनले बताए ।
महेन्द्र क्याम्पसमा आर्थिक वर्ष २०७८/०७९ मा एक करोड रुपैयाँ भवन निर्माणका लागिआएको थियो । जसका लागि क्याम्पसले टेण्डर आह्वान गरेर काम सुरु गरिसकेको छ ।
लेखा अधिकृत आचार्यका अनुसार उक्त रकम नयाँ भवनको माथिल्लो तला थप्नको लागि निकासा भएको थियो । तर सो रकम माथिल्लो तला थप्नका लागि नै अपुग रहेको उनी बताउँछन् ।
‘एक करोड रकमले माथिको तला तप्नै सकिन्न । यो बजेटले मुस्किलमा पिलर उठाएर ढलानसम्म गर्न सकिएला । त्यही पनि ठेकेदारले आफूलाई घाटा छ भन्दै आनकानगरिरहेको छ,’ आचार्यले भने ।