डोल्पा जिल्ला अदालतमा ७१ प्रतिशत मुद्धा फछर्यौट
Thursday, July 28th, 2022, 4:51 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १२ साउन
आर्थिक वर्ष २०७८-०७९ मा जिल्ला अदालत डोल्पामा ७१ प्रतिशत मुद्धा फछर्यौट भएका छन ।
अघिल्ला बर्षहरुबाट जिम्मेवारी सरेर आएका र आर्थिक वर्ष ०७८।०७९ मा दर्ता भएका गरी ७१ प्रतिशत मुद्धा फछर्यौट भएका हुन ।
जिल्ला अदालत डोल्पाका न्यायधिश केशवराज चपाईका अनुसार गएको आ.व.मा जिल्ला अदालत डोल्पामा जम्मा ६३ थान मुद्धा दर्ता भएकोमा ४५ थान मुद्धा मात्र फछर्यौट भएका छन ।
अघिल्ला आ.वमा जिम्मेवारी सरेर आएका ३५ थान मुद्धा सहित ४५ थान मुद्धा फछर्यौट भएको जिल्ला अदालत डोल्पामा अब भने १८ थान मुद्धा मात्र फैशला हुन बाकीँ रहेको न्यायधीस केशवराज चपाईले जानकारी दिनु भयो ।
गत बर्ष ५१ प्रतिशत मुद्धा फछर्यौट भएकोमा यस बर्ष ७१ प्रतिशत मुद्धा फछर्यौट भएको जिल्ला अदालत डोल्पाले जनाएको छ ।भौगालीक विकट्ता,सञ्चारमाध्यमको कम पहुच, कम जनशक्तीको विच पनि ७१ प्रतिशत मुद्धा फर्छौट गर्न सफल भएको न्यायधीस चपाईले बताउनु भयो ।
बाकीँ रहेका १८ वटा मुद्धा पुन मेलमिलाप हुन सक्ने र केहि समान्य भएका कारण फछर्यौट नगरिएको चपाईले बताउनु भयो ।आ.व.०७८-०७९ मा कर्णाली प्रर्देशमा सवै भन्दा बढी मुद्धा फछर्यौट गर्ने जिल्ला अदालतमा डोल्पा भएको न्यायधीस चपाईको दाबी छ ।नेपालको कानुन अनुसार दुई बर्ष भित्र जुनसुकै मुद्धा किनारा लगाउनु पर्ने व्यवस्था छ ।
भौगोलिक कठिनाई सञ्चार माध्यमको पहुच कम भएका कारण डोल्पामा म्याद तामेलि गर्दा समयमै गर्न समस्या हुने गरेको छ ।आर्थिक वर्ष ०७८-०७९ मा डोल्पामा १० जनाले सम्बन्ध विच्छेदका मुद्धा दर्ता गरेका छन ।जस मध्येसम्बन्ध विच्छेदका ७ वटा मुद्धा फछर्यौट भएको र बाकीँ ३ वटा मुद्धा पुर्नमिलन हुने सम्भावना भएकाले फैसला नभएको जिल्ला अदालत डोल्पाका न्यायधीस केबवराज चपाईले बताउनु भयो ।
यस्तै जबरजस्ती करणी मुद्धा ७ वटा दर्ता भएकोमा सवै फछर्यौ भएका छन ।अन्य विभिन्न फरफरक प्रकारका गरि ४५ वटा मुद्धा फर्छौट भएका हुन ।डोल्पामा पछिल्लो समय सम्वन्ध विच्छेदका मुद्धा कम रहेको जिल्ला अदालत डोल्पाले जनाएको छ ।