नेपाली कांग्रेस र अन्तर्राष्ट्रिय सम्बन्ध
Thursday, July 28th, 2022, 5:10 pm
Kalpristha

कृष्णबहादुर विकेरसाइली
२०१५ सालको घोषणापत्रमा नेपाली कांग्रेसले परराष्ट्र नीतिबारे आफ्नो धारणा प्रष्ट पारेको छ । नेपाली कांग्रेसको विदेश नीति सबै राष्ट्रसँग समानताको आधारमा मित्रता कायम गर्नुे सयुक्त राष्ट्रसंघको आफ्नो सदस्यताको सदुपयोग नेपालले शान्ति प्राप्त गर्नका लागि गर्नेछ ।
हेर्दा नेपाली कांग्रेसले आफ्ना छिमेकी मुलुकसँग मित्रता राख्ने छ भनि प्रस्टै लेखिएको छ । २००६ सालको घोषणापत्रमा तथा त्यपछिका माथि उलेखित विभिन्न दस्तावेजमा प्रस्तुत भएका नेपाली कांग्रेसका वैदेशिक नीतिसम्बन्धि धारणाहरु नै नेपालको वर्तमान परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धको मूलभूत आधार रहँदै आएका छन् । नेपालका दुई छिमेकी राष्ट्र चिन र भारत पछिलो समयमा चीनले पनि आफ्नो सम्बन्ध बिस्तार गर्न लागिपरेको छ । तर नेपालमा परापूर्व कालदेखि नेपालको कुनै पनि परिवर्तन विकास र अन्य कार्यहरुमा सहयोग नगरेको चीन यति बेला नेपालमा बढाई रहेको गतिबिधिले नेपाल र नेपालीहरुप्रति शंका र सोचनिय विषय बन्दै गएको छ ।
अन्य राष्ट्रिको तुलनामा विषेशगरी नेपाल र भारतको सम्बन्ध भौगोलिक, आर्थिक, सामाजिक, धार्मिक एवं सांस्कृतिक र भारतको लोकतान्त्रिक आन्दोलनमा नेपालले खेलेको भूमिका र नेपालमा भएका विभिन्न परिवर्तनका आन्दोलनहरुमा भारतले खेलेको भूमिकाका कारण नेपाल र भारतको सम्बन्धलाई अत्यन्त ब्यापक विस्तृत एवम् निकटता र घनिष्ठताको रुपमा लिइन्छ ।
नेपाली कांग्रेसले अंगिकार गरेका राष्ट्रियता लोकतन्त्र र समाजवादका मूल नीतिबाट अभिप्रेरित हुँदै नेपालको राष्ट्रिय हित र सुरक्षाको प्रवर्द्धन सयुक्त राष्ट्रसंघको वडापत्रप्रति पूर्ण प्रतिबद्धता राष्ट्रियहरुका बिच शान्तिपूर्ण सह अस्तित्वका आधारमा सबैसँग मित्रता र सहयोगको सम्बन्ध तथा कसैसँग पनि वैमनस्य नराख्ने दर्शन नै नेपाली कांग्रेसको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका निर्देशक सिद्धान्त हुन् । यिनै सिद्धान्तप्रति प्रतिबद्ध रहँदै नेपाली कांग्रेस पार्टी र पार्टी नेतृत्वको सरकारले आफ्नो विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ र विस्तार गर्दै लैजानु पर्दछ ।