दम्पत्ति हत्या काण्ड : सम्पत्तिको लोभमा भाईबुहारीको हत्या
Thursday, July 28th, 2022, 7:15 pm
Kalpristha
डिल्ली शाही
कोहलपुर, १२ साउन
बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा पैसाकोे लोपमा परेर दाम्पतीलाई योजनाबद्ध रुपमा हत्या गरिएको खुलासा भएको हो । ‘हत्या गर्नका लागि घरका आफ्नै दाजु विजय कुमारगडहरिया योजना बनाए ।’ ‘७ वर्ष पहिले गडहरियाको घरमा ग्रिल उद्योग भाडामा सञ्चालन थियो ।,’ प्रहरीले भन्यो, ‘सो उद्योगमा नेपालगन्ज उपमहानगरपालिका –१८ लग्दहवाका २६ वर्षीय सकिल अली शेष काम गर्थे, प्रहरीले ७ वर्षदेखि नैै विजयले शेषसंग भेटघाट र आवतजावत नियमित सम्पर्क भैरहेको रहेछ ।’
जेठो छोराले केही वर्ष अगाडि बुवा घिरनलाई मार्ने योजना बनाए तर कान्छो छोराले मार्ने योजना सफल हुन दिएका थिएनन् । कृष्णले १ वर्षपहिले अञ्जली गडहरियासंग विवाह गरेका थिए ।
विवाह भएपछि झन् जेठो छोरालाई सम्पतीको मोह बढ्यो । विजयले सम्पतीको मोह बढ्पछि परिवारकै सदस्य सहोदर कृष्णको हत्याको गर्ने योजना बनाएको विजयले बयान दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताए ।प्रहरीले २४ घण्टा भित्रै हत्यारालाई पत्ता लगाउन सफल भयोे । यो प्रहरी प्रशासनले गर्ने उत्कृष्ट कार्य हो । प्रहरीले पक्राउ गर्न सफल भयो ।
योजनाकार विजयबाटै हत्यारासम्म पुग्न सजिलो भयो : प्रहरी
योजनाकार विजयबाट नै हत्यारासम्म पुग्न सजिलो भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी मल्लले बताए । घटना घटेको केही घण्टामा नै घरभित्रकै मानिसको संलग्नता छ भन्ने थाहा पाउन साथ मृतक कृष्ण र अञ्जलीका दाजुभाउजु विजय र रेखालाई प्रहरी पक्राउ गरेको थियो । सोही दाजुभाउजुको बयानको आधारमा हत्यारासम्म पुग्न सफल भएको मल्ले बताए ।
पक्राउ परेका आरोपीले प्रहरी समक्ष घटना स्वीकारे
पक्राउ परेका आरोपीले प्रहरी समक्ष घटना स्वीकारिसकेको प्रहरीले जानकारी दिए । कृष्णका सहोदर दाजु विजयकुमार र उनकी पत्नी रेखाको योजनामा नेपालगन्जका ‘कन्ट्याक्ट किलर’ प्रयोग भएको तथ्य पनि प्रहरीले पत्ता लगायो । ‘डेढ महिना अघि नै दुई लाख रुपैयाँ उनीहरूले बुझिसकेका रहेछन, घटना हुनुभन्दा अघिल्लो दिन ५० हजार दिएको रहेछ, बाँकी साढे दुई लाख केही समयपछि दिने कुरा भएको तथ्य अनुसन्धानबाट खुलेको छ,’ मल्लले भने ।
पाँच लाखमा भाइ बुहारीको हत्या गर्न भनेर ‘कन्ट्रयाक्ट किलर’ हरूलाई दाजु विजयकुमारले ‘सुपारी’ दिएर योजना बनाएको तथ्य खुलेको डिएसपी मल्लले बताएका छन् । पक्राउ परेका राजनबाट कटुवा पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
राजनले घटना गराउँदा उक्त नलकटुवा पेस्तोल लगेको भएपनि प्रयोग नभएको र घर नजिकै बारीमा लगेर गाडेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । गडरिया दम्पत्तीको हत्या घाँटीमा डोरीले कस्दा निस्सासिएर तथा हातको नशा समेत काटिएको हुँदा अत्यधिक रक्तश्रावबाट भएको पोष्टमार्टम रिपोर्टबाट देखिएको छ ।