उत्कृष्ट नतिजा निकाल्दैं कलेज अफ ईन्जिनियरिङ
Friday, July 29th, 2022, 8:31 pm
Kalpristha
नेपालगन्जको कलेज अफ ईन्जिनियरिड्ड एण्ड म्यानेजमेन्टले ८ औं सेमस्टरका विद्यार्थीहरुलाई विदाई गरेको छ ।
शुक्रबार एक भव्य कार्यक्रम गरी कलेजले आठौं सेमेस्टरका विद्यार्थीलाई खादा र अभिर लगाई मायाको चिनो सहित विदाई गरेको हो ।
कलेज अफ ईन्जिनियरिड्ड पोखरा विश्व विद्यालयबाट मान्यता प्राप्त यस क्षेत्रको एकमात्र वीई सिभिल ईन्जिनियरिड्डमा उत्कृष्ट नतिजा ल्याउन सफल कलेज हो । विदाई कार्यक्रममा कलेजले प्राविधिक शिक्षाको क्षेत्रमा गरेको योगदानको चर्चा गरिएको थियो ।
कलेज सञ्चालक समितिका अध्यक्ष ई.किरण बहादुर शाहले अबको देश बनाउने भनेकै इन्जिनियरहरु भएको बताए । आफुसं“ग भएको सम्पूर्ण बुद्धि र विवेक सहि रुपमा प्रयोग गरी इन्जिनियरिड्ड तथा प्राविधिक दक्षताले देश बनाउनमा सहयोग गर्न शाहले विद्यार्थीलाई अपिल गरे ।
कार्यक्रममा विद्यार्थीहरुलाई सुझाउदै शाहले आफुपनि कुनै समयमा ईन्जिनियरिड्ड शिक्षा हा“सिल गर्न विदेशमा गएको सम्झदै दक्षता हा“सिल गर्न सजिलो नभएकोले कडा मिहिनेत गरे सफल बन्न सकिने बताए ।
कार्यक्रममा बोल्दै कलेज संचालक सदस्य डा. वेदराज केसीले ईन्जिनियरिड्ड विषय उत्कृष्ट भएकोले यसबाट आर्जन गरेको ज्ञान, सिप र दक्षतालाई समग्र राष्ट्र निर्माणमा प्रयोग गर्न सकिने मात्रै नभई सामाजिक सेवामा समेत यस्तो शिक्षाको महत्वपुर्ण भुमिका हुने बताए । कार्यक्रममा कलेजका प्रिन्सिपल इ. विकास न्यौपानेले ईन्जिनियरिड्ड विषयको बारेमा बताउनु भएको थियो ।
विद्यार्थीहरुलाई कलेज संचालक समिति अध्यक्ष इ. शाह, कलेज संचालक समिति सदस्य डा.केसी र प्रिन्सिपल ई. न्योपानेले दोसल्लाह ओढाएर मायाको चिनोसहित टिका लगाएर विदाई गरेका थिए ।
सन् २०१३ बाट स्थापना भएको पश्चिम नेपालको एकमात्र उक्त कलेजले बीई सिभिल ईन्जिनियरिड्डमा देशकै उत्कृष्ट नतिजा सहित पा“चौं व्याचका विद्यार्थीहरुलाई भव्यताका साथ विदाई गरेको हो ।
कलेजमा यस वर्षबाट पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त चार वर्षे बीई आईटी कक्षा सञ्चालन गरिएको कलेजका प्रशासन प्रमुख मनोज रेग्मीले कालपृष्ठ दैनिकलाई बताए ।