प्रधानमन्त्रीसँग बैजनाथका जनप्रतिनिधिले भेटे
Tuesday, August 2nd, 2022, 8:07 pm
Kalpristha
बैजनाथ गाउँपालिकाका जनप्रतिनिधिले मंगलबर प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । जनप्रतिनिधिसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बैजनाथ गाउँपालिकाका समस्याबारे ध्यानार्षण गराएका हुन् ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकायसहितको डेलिगेशन टोलीले प्रधानमन्त्री देउवालाई सरकारी निवास बालुवाटारमा पुगेर भेटका थिए ।
भेटघाटमा बैजनाथमा भुमिहिन तथा सुकुम्बासी समस्या समाधान, औधोगिक क्षेत्र व्यवस्थापनलगायत विषय समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उक्त टोलीले राखेका मागप्रति प्रधानमन्त्री देउवा सकारात्मक देखिएको बताइएको छ ।
सो क्रममा नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य बादशाह कुर्मी, बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष निखिल बैगार, वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य कमला हमाल, तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का, नेपाली कांग्रेसका अन्य नेतालगायतको सहभागिता रहेको थियो ।
विभिन्न माग लिएर डेलिगेशनका लागि पुगेको टोलीले विभिन्न व्यक्ति तथा निकायमा भेटघाट गरिरहेको छ ।
यसैबीच सोही टोलीले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई पनि भेटका छन् । सो क्रममा उपसभापति खड्का समक्ष बैजनाथको समग्र विकासका विषयमा छलफल भएको थियो ।
यसअघी शुक्रबार बैजनाथ जनप्रतिनिधिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल, सदस्य सलोनी सिंह प्रधान, भूमी आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलालगायतलाई भेटेका थिए । उनीहरुले सो क्रममा सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्न विशेष पहल गरेका थिए ।