नेपाल च्याम्पियनसिपबाट बाहिरियो
Tuesday, August 2nd, 2022, 9:28 pm
Kalpristha
भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलबाट नेपाल बाहिरिएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार साविक विजेता भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले हराएसँगै नेपाल बाहिरिएको हो ।
मंगलबार साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेपछि नेपालको फाइनलको यात्रा भारत – माल्दिभ्सको खेलमा जोडिएको थियो । यदि माल्दिभ्सले भारतलाई हराएको भए नेपाल फाइनलमा प्रवेश गर्ने थियो ।
मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेपछि बंगलादेश फाइनलमा पुगेको थियो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दुबै गोल दोस्रो हाफमा भएको थियो ।
खेलमा सुरुआती अग्रता बंगलादेशले बनाएको थियो । खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । त्यसअघि दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।
बंगलादेशका सहिदुल इस्लामले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाए । यस्तै नेपालका दिपेश गुरुङले सिधंै रातो कार्ड पाएका थिए ।
माल्दिभ्सविरुद्ध भारतको जितमा गुर्किरात सिंहले निणर्ायक गोल गरे । उनले खेलको ९० औं मिनेटमा गोल गरे ।
यस जितसँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले ४ खेलमा ७ अंक जोडेको थियो ।