जानकीको विकासबारे प्रधानमन्त्री देउवासँग छलफल
Sunday, August 7th, 2022, 8:44 pm
Kalpristha
बाँकेको जानकी गाउँपालिकाको समग्र विकासका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको छ । काठमाडौं पुगेका जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादव सहितको टोलीले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवासँग छलफल गरेको हो ।
सो क्रममा बाँके क्षेत्र नम्बर ३ अन्तरगत पर्ने जानकी गाउँपालिकाको विकास र गाउँपालिकामा भएको समस्या लगायत बजेट र स्थानीय निर्वाचन-२०७९ को समिक्षा सहिका विषयमा छलफल भएको थियो । सो क्रममा कांग्रेस बाँकेका सचिव सञ्जुकुमारी चौधरी, महाधिवेशन प्रतिनिधी एवम् नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य कमला हमाल, नेपाल साँस्कृतिक संघका सह-महामन्त्री गोविन्द शाही लगायतको पनि सहभागिता रहेको थियो ।
सोही टोलीले कांग्रेस उप-सभापति पूणर्बहादुर खड्कालाई पनि भेटघाट गरेको छ ।
सो क्रममा गाउँपालिका अध्यक्ष खाँ, जिल्ला सचिव चौधरी, वडाअध्यक्ष यादव र महाधिवेशन प्रतिनिधी एवम् प्रेस युनियनकी केन्द्रिय सदस्य हमालको उपस्थिती रहेको थियो । उप-सभापति खड्काले जानकी गाउँपालिका लगायत समग्र बाँके जिल्लाको विकास, निर्माणका विषयमा चासो एवम् चिन्ता व्यक्त गरेका थिए ।