कडरीया दम्पतीको हत्यामा अर्का युवाको पनि संलग्नता
Saturday, August 13th, 2022, 4:10 pm
Kalpristha
बाँकेको कोहलपुर नगरपालिका – १४ पार्वतीपुरमा एक दम्पतीको हत्यामा अर्का एक युवकको पनि संलग्नता खुलेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले पक्राउ परेकाको बयानका आधारमा नेपालगन्ज उपमहानगरपालिका–१९ सुर्जे गाउँका २६ वर्षीय राजु बेहेना पनि उक्त घटनामा संल्गन व्यक्ति हुन् ।
२५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जलीको हत्यामा संलग्न खुलेको डिएसपी मल्लले जानकारी दिए । साउन १० गते बिहान आफ्नै घरमा एक वर्ष पहिले बिहे गरेका गडरिया दम्पतीको हत्या भएको थियो । घटना लगतैदेखि आरोपित बेहेना फरार रहेको र उनको खोजी जारी रहेको डिएसपी मल्ले बताए ।
प्रहरीका अनुसार गडरिया दम्पतीको हत्यामा संलग्नमध्य नेपालगन्ज – १९ सूर्जे गाउँकै १९ वर्षीय राजन सोनकर र वडा नम्बर १८ लकदवाका २६ वर्षीय सकिल अली शेष पक्राउ परेपछि घटना अनुसन्धान गर्ने क्रममा बेहेनाको पनि संलग्नता खुलेको हो ।
‘सोनकर र शेष पक्राउ परेपछि अनुसन्धान गर्ने क्रममा बेहेनाको पनि संलग्नता खुलेको हो ,’ डिएसपी मल्लले भने, ‘आरोपित भाग्न नपाओस भनेर उनको खोजी जारी राखिएको छ ।’
बेहेना भागेर छिमेकी देश भारतमा पुगिसकेको प्रहरीको भनाई छ ।
कृष्णका सहोदर दाजु विजयकुमार र उनकी श्रीमती रेखाको योजनामा नेपालगन्जकै ‘कन्ट्र्याक्ट किलर’ प्रयोग भएको तथ्य प्रहरी अनुसन्धानबाट खुलिसकेको छ ।