माथिल्लो डोल्पाका शिक्षकहरुलाई शिक्षण सिकाई तालिम
Monday, August 22nd, 2022, 7:16 pm
Kalpristha
माथिल्लो भेगमा रहेका तिन गाउँपालिकाहरुमा रहेका सामुदायीक विधालयहरुका शिक्षकहरुलाई शिक्षण सिकाई तालिम दिइएको छ ।
शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउनको लागि युरोपियन यूनियनको आर्थिक सहयोगमा प्लान नेपालको साझेदारी र स्याक नेपालको समन्वयमा स्टिम अहेड परियोजना अन्तरगत दुर्गम भेगमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाई तालिम दिईएको हो ।
माथिल्लो डोल्पामा पर्ने शे फोक्सुण्डा गाउँपालिकाबाट २० डोल्पोबुद्ध गाउँपालिका २४ र छार्काताङसोङ गाउँपालिकाका विद्यालयमा कार्यरत २० जना गरि ६४ जना शिक्षक प्रतिनिधिहरुलाई शिक्षण सिकाई र सामाग्री निर्माण सम्बन्धी तलिम दिईएको स्याक नेपाल डोल्पाका परियोजना प्रमुख सशी पाण्डेले जानकारी दिनु भयो ।
उपल्लो डोल्पामा रहेका सामुदायीक विधालयमा सहजै शिक्षण सिकाई सामाग्री उपलब्ध हुन नसक्ने समस्यालाई मध्यनजर गर्दै पाठ्यपुस्तकको पाठ्यक्रम अनुसार स्थानीय स्तरमा सहजै पाईने सामाग्रीहरुबाट शिक्षण सिकाई क्रियाकलापमा आवश्यक पर्ने सामाग्री निर्माणलाई तालिमले विशेष जोड दिएको पाण्डेले बताउनु भयो ।
सामुदायीक विधालयमा शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षण सिकाई र सामाग्री निर्माण सम्बन्धी तालिम आगामी दिनहरुमा गाउँपालिकाको तर्फबाट पनि संचालन गरिने डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा गुरुङले बताउनु भयो ।
उपल्लो डोल्पाका हिमाली भेगमा रहेका सामुदयिक विधालयहरु सुचनाको पहुँचवाट र सड्क सञ्जाल देखि टाढा रहेकाले शिक्षण सिकाई सामाग्रीहरु सहजै पुर्याउन कठिन हुने गर्दछ । सड्क सञ्जालले छोएको स्थान देखि उपल्लो डोल्पाका सामुदायीक विधालयहरुमा पुग्न एक हप्ता दिन भन्दा बढी पैदल हिड्नु पर्ने वाध्यता विद्यमान छ ।