वनका विषयमा महिला पत्रकारसँग अन्तरक्रिया
Tuesday, August 23rd, 2022, 7:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ भदौं
तिजको अवसर पारेर बाँकेका महिला पत्रकारहरुले वन तथा वातावरण क्षेत्रको रिपोटिङमा चासो दिएका छन । नेपालगन्जमा मंगलबार महिला पत्रकारहरुले वनको संरक्षण र वनले मानिसको जीवनमा पार्ने प्रभावहरुको बारेमा अन्तरक्रिया गरेका छन ।
जिल्ला वन कार्यालय बाँकेको सहयोगमा सञ्चारिका समुह बाँकेले वन तथा वातावरण संरक्षण विषयमा महिला पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
कार्यक्रममा जिल्ला वन कार्यालयकी सहायक वन अधिकृत ज्योति घिमिरेले वन र प्रकृतिको विषयमा कलम चलाउन महिला पत्रकारलाई सुझाव दिईन् । बाँकेमा १ लाख ११ हेक्टर जमिनको क्षेत्रफल वनले ओगटेको बताउँदैं सहायक वन अधिकृत घिमिरेले वृक्षारोपण र निजि वनले आर्थिक स्तरमा पनि वृद्धि गर्ने बताईन । अन्तरक्रियाका क्रममा उनले वन तथा वातावरण संरक्षणको लागी सञ्चार माध्यम र महिलासंचारकर्मीको भुमिका महत्वपुर्ण रहने बताईन् ।
नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहले वन तथा वातावरणको विषयमा समाचार लेखनको लागी वन कार्यालयले महिला पत्रकारहरुलाई पनि समेटेर लैजान आग्रह गरेकी थिईन् ।
नेपाल प्रेस युनियनका बाँके शाखा अध्यक्ष अर्जुुन वलीले वन तथा वातावरणको विषयमा राम्रो समाचार लेखे बापत डब्ल्यू डब्ल्यू एफले सम्मान गर्ने कुुराको जानकारी गराउँदै महिला पत्रकारहरुलाई यस विषयमा सक्रियताका साथ कलम चलाउन सुझाव दिए ।
प्रेस चौतारी नेपाल बाँकेका उपाध्यक्ष रेजिना मल्लले जिल्ला वन कार्यालयसँग महिला पत्रकारहरुको परिचय र आगामी दिनहरुमा समन्वय गरेर काम गर्न सञ्चारिकाले सहयोगी भूमिका खेलेको भन्दै आयोजकलाई धन्यबाद दिईन् । उनले वन, वातावरण र वन्य जन्तुका विषयमा रिपोटिङ गर्न पनि महिला पत्रकारलाई आग्रह गरिन ।
बाँके सञ्चारि समुह अध्यक्ष रुपनी जिएमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित अथितिहरुले सञ्चारिकाद्धारा आयोजित ‘वन तथा वातावरण संरक्षण विषयमा महिला पत्रकारहरुसंगको अन्तरकृया तथा दर कार्यक्रम’ प्रभावकारी रहेको बताएका थिए ।
केवल दर खानको लागी मात्र नभई वनको विषयमा महिला पत्रकारहरुलाई अझैं सक्रिय भएर समाचार संकलन गर्न ऊर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष जिएमले बताईन् ।