तीज भड्किलो नबनाउने सन्देश दिदैं महिला पत्रकार
Wednesday, August 24th, 2022, 9:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ भदौं
‘पत्रकारितामा क्रियाशीलता, हाम्रो निरन्तरता’ भन्ने सन्देशका साथ नेपालगन्जमा महिला पत्रकारहरुले तीजको शुभकामना आदान–प्रदान गरेका छन् ।
बुधबार क्रियाशील पत्रकार महिला समुह बाँकेको आयोजनामा शुभकामना आदान–प्रदान तथा तीज मिलन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा महिला पत्रकारको क्षमता अभिवृद्धि र बदलिदो तीजको महत्वको बारेमा चर्चा गरिएको थियो ।
क्रियाशील पत्रकार महिला समुह बाँके अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, डब्लुडब्लुजेकी संस्थापक अक्षरी पोखरेल, पुर्व अध्यक्ष उमा थापा, निवर्तमान अध्यक्ष अमृता केसी, सचिव करुणा शाह, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्क्ष प्रेम केसी, पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारी, नेपाल प्रेस युनियन बाँके अध्यक्ष अर्जुन ओली, नेकपा एकिकृत समाजवादी बाँके प्रचार विभाग प्रमुख करिश्मा योगी, बाँके संचारिका समुह अध्यक्ष रुपनी जिएम लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णा केसीले समाज अझै पनि महिलालाई हेर्ने दृष्टीकोणमा साँघुरो रहेको बताईन । महिला पत्रकारहरुले समाजमा भएका अन्याय र विभेदको विषयमा सशक्तरुपमा कलम चलाउनु पर्ने आवश्यकता रहेको केसीले बताएकी थिइन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले महिला पत्रकारले संस्कृतिको संरक्षण गर्दै तीजलाई सामाजिक रुपमा भड्किलो हुन नदिन सन्देश दिनु पर्ने धारणा व्यक्त गरेका थिए ।
शुभकामना आदान–प्रदान कार्यक्रम पश्चात कार्यक्रममा सहभागि महिला तथा पुरुष पत्रकारहरुले नृत्य गर्दै तीजको खुसीयाली साटेका थिए ।