निर्वाचनको तयारीमा जुट्यो समाजवादी, २९ जनाको नाम सिफारिस
Thursday, August 25th, 2022, 7:12 pm
Kalpristha
समाजवादी पार्टी बाँकेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा गरी बाँकेबाट २९ जनाको नाम सिफारिस गरिएको छ । समाजवादीले बाँकेमा रहेका तिन निर्वाचन क्षेत्र र छ प्रदेश सभा सदस्यहरु छनोट गरेर केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ भदौं
पार्टी स्थापना भएको एक वर्षको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) बाँकेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार छनोट गरेको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै समाजवादी पार्टी बाँकेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा गरी बाँकेबाट २९ जनाको नाम सिफारिस गरिएको छ ।
जस अनुसार समाजवादीले बाँकेमा रहेका तिन निर्वाचन क्षेत्र र छ प्रदेश सभा सदस्यहरु छनोट गरेर केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश कमिटीको सिफारिस गरिएको नामावालीको अध्ययन गरेर केन्द्रमा पठाउने नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) केन्द्रिय सदस्य अशोक कोइरालाले बताए ।
पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य अब्दुल हुसेन खाँ, बाँके जिल्ला अध्यक्ष इन्द्र बहादुर थापा लगायतका समाजवादी नेताहरुको उपस्थिती रहेको थियो ।
जिल्ला सचिव दिपक जिएमले बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि यम बहादुर आले, मन्जु कोइराला, इतिवारी थारु, प्रदेश सभा सदस्य (क)बाट राम कृष्ण विक, प्रमिका शाही, केशव राम यादव, (ख)बाट अशोक कोइराला, अब्दुल हुसेन खाँ र केशकुमारी भुषाललाई छनोट गरिएको बताए ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि विनोद मैनाली, महेन्द्र राज शर्मा, मौलाना अब्दुल जब्बार साफी, तुलसा थापा, प्रदेश सभा सदस्य (क)बाट लक्ष्मणप्रसाद गौतम, सुनिता बर्मा र शान्ता थपलिया, (ख) बाट समसुद्दिन सिद्धिकी, डम्बर बहादुर थापा, करिश्मा कुमारी योगीको नाम छनोट गरिएको छ ।
बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि दल बहादुर सुनार, होमनाथ सापकोटा, लक्ष्मी सिंह ठकुरी, प्रदेश सभा सदस्य (क)को लागि दीपक कुमार गौरीमगर, भगवती शाह र मनकुमारी चन्द, प्रदेश सभा सदस्यको (ख) लागि इन्द्र बहादुर थापा, लाल बहादुर खत्री, भद्रप्रसाद देवकोटा र रुपा रावलको नाम सिफारिस गरिएको छ ।
पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य अशोक कोइरालाले एमालेभित्र विचार हित व्यक्तिलाई जिम्मेवारी दिएर पार्टीलाई धरासायी बनाएपछि बिद्रोह गरेर आफुहरु नयाँ पार्टी गठन गर्न बाध्य भएको बताए । संघीय लोकतान्त्रिक व्यवस्थालाई आत्मसाथ गरेको जो सुकै दलसँग पनि गठबन्धन गर्नु पर्ने अहिले आवश्यकतालाई मध्यनजर गर्दै निर्वाचनमा भाग लिने नेता कोइरालाले बताए । उनले भने,‘गठबन्धनको पक्षमा हामी उभिएका छौं । तर गठबन्धन नभएको अवस्था पनि हामीले बाँकेका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी गरेका हौं ।’
गठबन्धन भएको अवस्थामा केन्द्रको निर्णय अनुसार अगाडी बढने नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) बाँके अध्यक्ष इन्द्र बहादुर रानाले बताए । आगामी निर्वाचनमा आउने सक्ने जुनसुकै अवस्थाका लागि आफुहरु तयार रहेको अध्यक्ष थापाले बताए । बाँकेमा विशेष गरी ३ नम्बर निर्वाचन क्षेत्रबाट समाजवादीले टिकट पाउने सम्भावना बलियो भएको उनले बताए ।