‘के’ गाउँमा जेष्ठ नागरिकलाई सम्मान
Saturday, August 27th, 2022, 4:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ११ भदौं
नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नम्बर २ कार्यसमितिले शनिबार पार्टीका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । खजुरा गाउँपालिकाको ‘के’ गाउँमा भएको तीजको शुभकामना आदान प्रदान कार्यक्रमको अवसर पारेर वडा कांग्रेस सम्बद्ध जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेल, पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, महासमिति सदस्य उमा थापा, मेघराज ओली, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सह–सचिव रेणु सिंह ठाकुर, नेपाल तरुण दलका पुर्व महासचिव हुर्मत न्यौपाने लगायतका नेताले जेष्ठ नागरिकलाई सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाह, देव बहादुर खत्री, रामेश्वर कंडेल, लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधि कमल खत्री, क्षेत्र नम्बर ३ (ख) प्रदेश कार्यसमिति उपसभापति राजकिशोर महतारा लगायतको उपस्थित रहेको थियो ।
नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नम्बर २ सभापति अमर रावतको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय प्रतिनिधि अमृता नेपालले स्वागत मन्त्वय राखेकी थिइन् ।
कार्यक्रममा वडामा निवर्तमान सभापति राम बहादुर महताराले अतिथिहरुलाई खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा ६० जना जेष्ठ नागरिकसँगैं प्रजातन्त्र सेनानी हरि प्रसाद ढुंगानालाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा पछि तीजको शुभकामना आदान–प्रदान र नृत्य गरेर सहभागिले खुसी साटेका थिए ।