कालपृष्ठ दैनिकको नयाँ ग्राहक योजना सुरु
Monday, August 29th, 2022, 2:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ भदौं
बाँकेको सर्वाधिक पुरानो पत्रिका कालपृष्ठ दैनिकले नयाँ ग्राहक योजना कार्यक्रम सुरुआत गरेको छ । सोमबार नेपालगन्जको त्रिभुवन चौकबाट कालपृष्ठले नयाँ ग्राहक योजनाको सुभारम्भ गरेको हो ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ३ अध्यक्ष अग्युब सिद्धिकी, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवम् नेपाल बैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य र कालपृष्ठ दैनिकका कार्यकारी निर्देशक कमल खत्रीले संयुक्त रुपमा कालपृष्ठ दैनिक अंकित नयाँ टिर्सट सार्वजनिक गरेर ग्राहक योजना कार्यक्रमको सुभारम्भ गरेका थिए ।
कालपृष्ठ दैनिकले २५ वर्ष अघि त्रिभुवन चौकबाट आफनो प्रकाशन सुरु गरेको थियो । यस वर्ष कालपृष्ठ दैनिकले आफनो रजत जयन्ती मनाउने तयारी गरिरहेको छ ।
पश्चिम नेपालको पत्रकारितामा अमुल्य योगदान गर्दै आएको कालपृष्ठको लागि त्रिभुवन चौकले विशेष अर्थ राख्ने भएकोले त्यही स्थानबाट नयाँ कार्यक्रमको सुभारम्भ गरेको कालपृष्ठ दैनिकका कार्यकारी निर्देशक खत्रीले बताए । कार्यक्रमको अवसरमा सोमबार बनेका नयाँ वार्षिक ग्राहकलाई कालपृष्ठ दैनिकले टिर्सट प्रदान गरेको थियो ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ३ अध्यक्ष अग्युब सिद्धिकीले जनताका समस्याहरुलाई नेतृत्व तह सम्म पु¥याउने काम कालपृष्ठ दैनिकले गरिरहेको बताए । उनले भने,‘कालपृष्ठ दैनिकलाई म धन्यवाद दिन चाहन्छु आज हामीलाई यो अवसर प्रदान गर्नु भएकोमा । मिडिया भनेको बर्दि बिनाको सिपाई हो । कालपृष्ठ दैनिकले सधै हाम्रो समस्याहरुको उठान गर्दै आएको छ । नेता, जनप्रतिनिधिले गर्न नसकेका कामहरुको बारेमा जागरुक बनाउने काम गर्छ । जनताका हरेक समस्यालाई कालपृष्ठले अझ सशक्त रुपमा उठान गर्ने मैले अपेक्षा लिएको छु ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्यले कालपृष्ठ दैनिकले ग्राहकसँग जोड्निका लागि नयाँ योजना सहित बजारमा आएकोमा धन्यवाद दिए । उनले भने, ‘आजको युगमा हरेक कम्पनीले नयाँ नयाँ योजना सहित बजारमा आउने गरेका छन । कालपृष्ठले पनि आफना ग्राहकलाई लोभ्याउने योजना ल्याएर आएको छ । त्यसका लागि कालपृष्ठ टिमलाई धन्यवाद दिन चाहन्छु ।’
कालपृष्ठ दैनिक र त्रिभुवन चौकको सम्बन्धी निकै आत्मीय भएकोले कालपृष्ठ दैनिक आफुहरुका लागि लोकप्रिय रहेको वैश्यले बताए । उनले भने, ‘कालपृष्ठ दैनिकले २५औं वर्ष पुगेर रजत महोत्सव मनाउँदैंछ । आज सम्म कालपृष्ठ दैनिकले यहाँका धार्मिक, राजनिति, सामुदायिक, व्यावसायिक विषयमा निकैं सकारात्मक रुपमा विषय उठान गर्ने गरेको छ । मैले आज सम्म कालपृष्ठ दैनिकले गलत काम गरेको सुनेको छैन । त्यसको लागि कालपृष्ठको सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहन्छु ।’