अन्तराष्ट्रिय मापदण्डको कोर्ष तयारी गर्दै नेपालगन्ज म्याराथन
Tuesday, August 30th, 2022, 6:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ भदौं
नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ (एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमवार नेपालगन्ज म्याराथनको नाप लिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि(बानियाभार) भएर पुनः सोही रुट भइ बीपी चोक स्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले कोर्ष मापनका लागि आमिर सान्डिवानलाई नेपालगन्जमा स्वागत गर्दै सफलताको शुभकामना दिए ।
‘नेपालगन्ज म्याराथन मार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्जको ब्रान्डिङ हुन लागेकोमा निकै खुशी लागेको छ ।’
मेयर बिष्टले भने –‘उपमहानगरपालिका हरेक पक्षमा सहयोग गर्न तयार छ ।’
म्याराथनको आधिकारीक दौडको दुरी ४२.१९५ किलोमिटर हो । नेपालगन्ज म्याराथनमा महिलाका लागि हाफ म्याराथन, दशकिलोमिटर पुरुष खुल्ला, पाँच किलोमिटर महिला खुल्ला तथा स्कुल स्तरीय छात्र एवं छात्रा दौड समावेश गरिएको छ । यसमा म्याराथन, हाफम्याराथन, दशकिलोमिटर र पाँचकिलोमिटर अलगअलग सर्टिफिकेट आउने सान्डिवानले बताए ।
कोर्ष मापनको सुरुवाती चरणमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधि समेत थिए । एम्सको मान्यतापछि कोर्ष अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ ।
‘एम्सबाट सर्टिफाइड भएपछि विदेशीहरु पनि आउने सम्भावना बढ्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा ठुलो टेवापुग्ने अपेक्षालिएको छु ।’ मेयर बिष्टले भने–‘यसले खेलकुद र पर्यटन सँगसँगै विकास हुने भएपछि हामी सबैको खुशीको कुरा हो ।’
नेपालगन्जम्याराथन हरेक बर्ष मंसिर महिनाको पहिलो शनिवार आयोजनाहुने गर्दछ ।
यस बर्ष मंसिर ३ गते तय भइतयारी अघि बढेको थिए । आमनिर्वाचनको मिति घोषणासँगै आयोजक क्रियटिभ ह्याण्ड्सले तीन साता पछि सार्दै मंसिर २४ गते शनिवार आयोजन ागर्ने तयारी गरेको छ । सरकार र तत्कालीन नेकपामाओवादीबीचमंसिर ५ गते भएको बृहतशान्ति सम्झौताको दिनलाई स्मरण गर्दै मंसिरको पहिलो साताम्याराथनआयोजनाहुँदै आएको छ ।
यसपटकमंसिर ४ गते संघीय र प्रदेशको निर्वाचनका कारण तीन सातापछि सारिएको हो । ‘लोकतन्त्रमाआमनिर्वाचनमहापर्व हो, महापर्व आममानिसको चासोको बिषयहो ।’ म्याराथन संस्थापक टीएस ठकुरीले भने –‘तसर्थ म्याराथनको मिति सार्ने निर्णय गरेका हौं ।’
सान्डिवानले यसै साता काठमाडौं म्याराथन र पोखरा म्याराथनको समेत नापलिइसकेका छन् । अब नेपालमातीन वटा म्याराथनअन्तर्राष्ट्रिय मान्यताप्राप्तहुनेछन् ।