पठनशैलीको विकास गर्न अपरिहार्य : मन्त्री गहतराज
Wednesday, August 31st, 2022, 6:35 pm
Kalpristha
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन् ।
पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृती हराउँदै गईरहेको प्रति दु:ख ब्यक्त गर्दै मन्त्री अथकले पुस्तकालयलाई प्रविधिसँग जोडेर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ ध्यन केन्द्रित गर्नुपर्ने धारणा राखेका छन् । पछिल्लो पुस्ता पुस्तक अध्ययनमा भन्दा बढी सामाजिक संजालमा रमाउन थालेका छन् । आजको युगसँग पुस्तकालयलाई कसरी जोड्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ, ’ उनले भने ।
ज्ञानोदय सामुदायीक पुस्तकालयलाई थप ब्यवस्थित र सुदृढ गर्न आवश्यक रहेको जिकिर गर्दै मन्त्री अथकले थप भौतिक संरचना निर्माणकालागि स्रोत व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । उनले कोहलपुरमा पुस्तकालय स्थापनाकालागि विगतमा भएका प्रयासहरुको समेत प्रशंसा गरेका थिए । पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका ३ जना विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरीएको थियो भने पुस्तकालय दिवसकै अवसरमा आयोजित खुल्ला कबिता प्रतियोगिताका बिजयीहरुलाई समेत पुरस्कृत गरीएको छ ।