मिस्टर नेपालगन्ज–२०२२ को आवेदन खुल्ला
Thursday, September 1st, 2022, 5:03 pm
Kalpristha
ओन क्रेयसन नेपालगन्जले आयोजना गर्न लागेको जय सम्भु फर्निचर एण्ड होम डेकोर मिस्टर नेपालगन्ज–२०२२ प्रतियोगिताको आवेदन खुल्ला भएको छ । भदौ १६ गते बिहीबारदेखि मिस्टर नेपालगन्ज –२०२२ को अवेदन खुल्ला गरिएको ओन क्रियसनकी प्रमुख कार्यकारी अधिकृत प्रेमा वलीले बताइन् ।
प्रतियोगताबारे बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । सम्मेलनमा अधिकृत वलीले केटीहरु मात्र ग्यालमर, मोडेल बन्नु पर्छ भन्ने नेपाली विश्वासलाई तोड्दै आफूहरुले युवा पुरुषहरुको योग्यता क्षमतालाई उजागर गर्न विगत तीन वर्षदेखि मिस्टर नेपालगन्ज प्रतियोगिता आयोजना गर्दै आएको बताइन् ।
कार्यक्रममा २०१९ का विजेता सुभास खडका, २०२१ विजेता मिलन शाहको पनि उपस्थिति रहेका थियो ।
प्रतियोगितालाई सफल बनाउने आयोजकले बाँकेका विभिन्न कलेज, स्कुल, विश्वविद्यालय तथा जिल्लाका विभिन्न स्थानमा अडिसनमा सहभागि छनौटका लागि उत्प्रेरनात्मक कार्यक्रम आयोजना गरिर्ने जनाएको छ ।
प्रतियोगितामा १६ वर्षदेखि २६ वर्ष समूहका अविभाहित पुरुषहरुले सहभागिता जनाउने पाउनेछन् । आयोजकले आवेदनका लागि कोहलपुरमा फेसन दरबार र नेपालगन्जमा एमि बाइट्स सम्र्पक स्थान बनाएको छ ।
मिस्टर नेपालगञ्ज २०२२ प्रतियोगिताको प्रथम अडिसन असोज २३ बाट मेरो प्लानेट नेपालगन्जमा सुरु हुनेछ । फाइनल बिजेताले ३५ हजार रुपैयाँ बराबरको गिफट ह्याम्पर पाउनुका साथै नेशनल इभेन्टमा मिस्टर सुपरनेशनल नेपालमा भाग लिनसमेत पाउने आयोजकले जनाएको छ ।