बढेर आयो डिजेल र पेट्रोलको मूल्य
Thursday, September 1st, 2022, 5:25 pm
Kalpristha
कालपृष्ठ डेस्क
पुन: इन्डियन आयल कर्पोरेशन (आईओसी)ले बिहीबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची बढाएर पठाएको छ । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
निगम स्रोतका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँ, हवाई इन्धन ८ रुपैयाँले बढेको आएको छ ।
यस्तै, यस पटक खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १ सय २० रुपैयाँ घटेको छ ।
निगमलाई १५ दिनमा ४८ करोड २५ लाख रुपैयाँ घाटा हुने भएको छ । निगम स्रोतका अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढेको स्थितिमा एलपीजी ग्यासको घट्दा करिब २ करोड रुपैयाँ बराबरको घाटा जोगिएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा मूल्यको भाउ उकालो लागेको छ । यसअघि, प्रतिब्यारेल कच्चा तेलको मूल्य ९४ डलरसम्म आइपुगेको थियो । जुन, अहिले बढेर १०० डलर प्रतिब्यारेल भन्दा माथि पुगेको छ । यससँगै, आईओसीले पठाएको नयाँ मूल्यसूची बढेर आएको हो ।
यसअघि, आईओसीले तीन पटकसम्म मूल्य घटाएर पठाएको थियो । तर, अब फेरि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेपछि भाउ बढाएर पठाएको हो ।