जन्मिदै जोडी बनेर आउँछ ‘सम्हालिन्छ कहिले मन’
Friday, September 2nd, 2022, 4:31 pm
Kalpristha
शुक्रबारदेखि प्रदर्शनमा आएको ‘सम्हालिन्छ कहिले मन’ विशुद्ध ‘लभ स्टोरी’ चलचित्रको रुपमा प्रस्तुत भएको छ । सुदर्शन थापाको निर्देशनमा बनेको ‘सम्हालिन्छ कहिले मन’ ले नेपाली समाजलाई केही नयाँ खालको कथा प्रस्तुत गर्न खोजेको छ ।
चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा अन्तिम मनछुने डाइलोग ‘केही जोडीहरु पछि बन्छन्, अनि केही जो जन्मिदै एकअर्काको भएर जन्मिएका हुन्छन्’ र सुरुवातदेखि प्रमुख भूमिकामा रहेको ‘जो हाम्रो असल साथी बन्छ उसैसँग जीवन जिउन सजिलो हुन्छ’, यी दुई डाइलोगले चलचित्रलाई सार्थकता प्रदान गरेको छ ।
‘सम्हालिन्छ कहिले मन’ले दर्शकलाई कसरी मायामा प्रेमी/प्रेमीकाले आफ्नो मायाका लागि आफ्नो जीवन सुम्पिन सक्छन् भनेर शुन्दर प्रस्तुतिकरण दिएको छ । साथै साच्चिकै मानिसले आफ्नो जोडी जन्मिदै लिएर आएको हुन्छ भन्ने कुरालाई चलचित्रले प्रमाणित गरिदिएको छ ।
समर्गमा चलचित्रमा प्रमुख पात्रका रुपमा रहेका आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको कलालाई दर्शकले मनपराउने पक्का छ ।
एबी इन्टरनेशनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेका हुन् । चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् भने चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत तथा कविराज गहतराजको कोरियोग्राफी छ ।
सनिष खकुरेल कार्यकारी निर्माता रहेको फिल्ममा परी राना र अजित कुमार थापा सह निर्माताका रूपमा रहेका छन् ।