बिनौनामा मानव बेचविखन तथा लैंगिक हिंसा बिरुद्ध कार्यशाला गोष्ठि सम्पन्न
Friday, September 2nd, 2022, 4:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्तीसोनारी, १७ भदौं
राप्तीसोनारीको बिनौनामा मानव बेचविखन तथा लैंगिक हिंसा बिरुद्ध एक दिने पालिका स्तरिय कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
ईन्टरनेशनल नेपाल फेलोशिप(नेपाल) बाँके शाखा कार्यालयले गरेको कार्यशाला गोष्ठिमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ रहेका स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।
साथ परियोजना अन्तर्गत भएको उक्त कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ अध्यक्ष झगरु थारुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्यहरु, स्थानीय क्लब, महिला संजाल, स्थानीय प्रहरी, सरकारी कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
इन्ट्रयाक्टको सहयोगमा संचालित साथ परियोजना अन्तर्गत शुक्रबार पालिका स्तरिय कार्यशाला गोष्ठि भएको हो ।
प्रमुख अतिथी झगरु थारुले गोष्ठीमा भएका छलफलका विषय निकै प्रभावकारी भएको भन्दैं मावन वेचविखन र लैंगिक हिंसा न्युनिकरणमा समुदायका रहेक वर्गको मानिसको सहयोग आवश्यक पर्ने बताए ।
उनले भने,‘मानव वेचविखन न्युनिकरण गर्न हाम्रो समाज, टोल र गाउँघरमा गफ गर्दा पनि यस्ता विषयमा छलफल गरिनु पर्छ । किनकी हाम्रो समुदायमा आफनै नाता पर्ने व्यक्ति र नजिकका व्यक्तिले हाम्रा चेलिबेटी भारतमा लगेर बिक्री गरेका घटना घटने गरेका छन् । हिंसाका घटनाहरु भैरहेका छन् । त्यसलाई रोक्न हामी समुदायका जिम्मेवार व्यक्तीहरुले मिलेर काम गर्नु पर्छ ।’
कार्यक्रममा साथ परियोजनाका सुपरभाईजर राजु घर्तीमगरले निम्न आयस्तर भएका वर्ग देखी उच्च वर्गका महिलाहरु पनि मानव वेचविखनको सिकार बनेको अनुभव सुनाएका थिए । उनले भने,‘हाम्रो समुदायमा आर्थिक अवस्था कमजोर भएका महिलालाई बढी प्रलोभनमा पारेर वेचविखन गरेको पाईन्छ । तर एउटा अध्ययनले धनी वर्गका महिलाहरुलाई दलालले वेचविखन गरेको घटना हुने गरेका छन् । समुदायमा भएका अगुवाहरु सचेत भएमा मात्र यस्ता घटनाहरु कम हुँदै जान्छन् ।’
साथ परियोजना अन्तर्गतको मानव बेचविखन विरुद्ध सुदृढीकरण परियोजना अन्तर्गत शुक्रबार राप्तीसोनारीको बिनौनाका सेवा प्रदायक निकायसँगको समन्वय र सहकार्य भएको गोष्ठीमा वडा सदस्यहरु कमला विक, सीता देवी थारु, गोविन्द जैशी, शेर बहादुर विक, इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इन्र्चाज प्रविण डिसी, वडा सचिव हुमा कुमारी डाँगी, बिनौना स्वास्थ्य चौकीकी अनमी नारायणी भण्डारी, सामुदायिक परिचालक गगा ओली, मेलमिलाप केन्द्र अध्यक्ष विर बहादुर गिरी, वडाको पशु प्राविधिक सन्चलाल थारु, संगीता केसी, कृषि प्राविधिक रेश्मा कुमारी चौधरी, दिदी बहिनी एकता कृषि समुहकी कर्मचारी सुमित्रा थारु स्थानीय सहजकर्ता मीना खड्का लगायतको सहभागिता रहेको थियो ।