‘ग्राहकको विश्वास जित्न कालपृष्ठ सफल’
Friday, September 2nd, 2022, 4:54 pm
Kalpristha
विगत २५ वर्षदेखि नियमितरुपमा नेपालगन्जबाट प्रकाशन हुँदै आएको पत्रिका हो कालपृष्ठ दैनिक पत्रिका । कालपृष्ठले आफ्नो २५ वर्षको अवसरमा रजत जयन्ति मनाउने योजना बनाउँदै वार्षिक ग्राहक योजनाअन्तर्गत बाँकेका विभिन्न स्थानमा कार्यक्रम आयोजना गर्दै आएको छ ।
जसअन्तर्गत कालपृष्ठ टिमले शुक्रबार नेपालगन्जको राझाँमा वार्षिक ग्राहक योजना कार्यक्रम गरेको छ । राझाँक्षेत्रमा रहेका आफ्नो ग्राहकहरुको उपस्थितिमा उनीहरुलाई उपहार प्रदान गरेको शुक्रबारको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम एनप्याब्सनका केन्द्रीय सदस्य बामदेब न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य न्यौपानेले कालपृष्ठ दैनिक पत्रिकाले ग्राहकको विश्वास जित्न सफल भएको बताए । साथै उनले कालपृष्ठ दैनिक पत्रिकाको अनलाइन पोर्टल कालपृष्ठ न्यूज डटकमले पनि विश्वसनीय समाचार प्रवाह गरेका कारण कालपृष्ठको अस्तित्व जिल्ला बाहिर रहेको बताए ।
‘नेपालगन्जको इतिहास बोक्दै २५ वर्षको यात्रा तय गरेको कालपृष्ठ पत्रिकाले ग्राहकको विश्वास जितेकै कारण यहाँसम्म आइपुगेको छ,’ न्यौपानेले बताए ।
न्यौपाने स्थानीय क्षेत्रका समाचार हेर्नका लागि आफूले पहिलो प्राथमिकता कालपृष्ठ दैनिक तथा कालपृष्ठ न्यूज डटकमलाई दिने गरेको बताए । उनले कालपृष्ठ दैनिकले लामो इतिहाससँगै प्रदेशबाट केन्द्रीय तहसम्म कालपृष्ठले आफ्नो विस्तार बढाउनु पर्ने उनले सुझाव दिए ।
त्यस्तै कार्यक्रमा उपस्थित राझाँ क्षेत्रका अन्य कालपृष्ठ पत्रिकाका ग्राहकले पनि कालपृष्ठले क्रमागत रुपमा क्षेत्र विस्तार एवम् अन्य जिल्लामा पनि आफ्नो उपस्थिति जनाउनु पर्ने सूझाव कालपृष्ठलाई दिएका थिए ।
कालपृष्ठले विगत एक हप्तादेखि बाँकेका विभिन्न स्थानमा वार्षिक ग्राहक योजना कार्यक्रम गर्दै आएको छ ।

.

.

.

.