लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि जग्गा सिफारिस
Friday, September 2nd, 2022, 8:40 pm
Kalpristha
बाँकेको खजुरामा निर्माण हुन लागेको लुम्बिनी प्राविधिक विश्वविद्यालका लागि आवश्यक पर्ने ९० बिघा जमिन उपलब्ध गराउन जिल्ला सिफारिस समितिले सिफरिस गरेको छ । सिफरिस समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीसहितले जग्गाका लागि सिफारिस गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले जानकारी दिए ।
सिफारिस समितिले शुक्रबार विश्वविद्यालयका लागि आवश्यक जग्गा सिफारिसका लागि निणर्य गरेको हो । समितिले भदौ १३ गतेको रायसहितको पत्रसमेतको आधारमा खजुरा गाउँपालिकाबाट प्रदेश विश्वविद्यालय स्थापनाको लागि माग भएका उल्लेखित सरकारी जग्गाहरु सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ को अनुसुची १ बमोजिम उपयोगको लागि दिन अनुसुची १ दफा ४ को उपदफा (४) बमोजिम सम्बन्धित निकायमा सिफारिस गर्ने निणर्य गरेको हो ।
समितिले साविका रनियापुर गाविस वडा नम्बर ६ सि.नं. ०३५१००६ कि.नं. १ को क्षेत्रफल ३४८३५ वर्गमिटर र सोही गाविस वडा नम्बर ३ सि.नं. ०३५१०४६ कि.नं. १ को क्षेत्रफल ७४६८० वर्गमिटरका सरकारी जग्गा उपलब्ध गराई पाउँ भनि माग भएअनुसार उक्त जग्गा सिफारिसका लागि समितिले निणर्य गरेको हो ।
साथै विश्वविद्यालय केन्द्रीय सम्पर्क कार्यालयको आइतबार उद्घाटन गरिने भएको छ । भदौको १९ गते केन्द्रीय कार्यालयको उद्घाटन लुम्बिनी प्रदेशका मुख्य मन्त्री एवम् कुलपति कुलप्रसाद केसीले गर्ने तयारी भएको खजुरा गाउँपालिका अध्यक्ष विकले जानकारी गराए ।
विश्वविद्यालयको कार्यालय नेपालगन्जस्थित वन डिभिजन कार्यालय परिषरमा स्थापना गरिने योजना छ । कार्यालयको स्थापना पछि विश्वविद्यालय निर्माण कार्य अब तीव्र गतिमा अगाडि बढ्ने बताउँछन् ।

,