नेकपा(विप्लब) जिल्ला संगठनको दोस्रो बैठक सम्पन्न
Saturday, September 3rd, 2022, 7:57 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १८ भदौ
नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन(विप्लब)को दोस्रो बैठकले वर्तमान संसदीय ब्यवस्था असफल सावित भईसकेको ठहर गरेको छ । बर्तमान संसदीय ब्यवस्थालाई जनमत संग्रहवाट खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्न निरन्तर संघर्ष जरुरी रहेको समेत जनाएको छ ।
वर्तमान संसदीय ब्यवस्थालाई दलाल पुजीवादी ब्यवस्थाको संज्ञा दिदै आर्थिक राजनीतिक प्रणाली र विद्यमान संरचनाले सृजित ब्यप्त भरष्टचारले नेपाली जनतालाई मात्र नभएर सिंगो देशलाई नै परनिर्भतामुखि बनाएको एमसीसी लगायत थुप्रै राष्टघाती निर्णयले राष्ट्रिय स्वधिनता समेत खतरामा परेकाले संसदीय ब्यवस्थाको खारेजी आवश्यक रहेको बैठकले ठहर गरेको छ ।
यसैगरी पार्टी पुर्नगठनको छोटो समयमा राज्यले प्रतिवन्ध लगाएत पार्टी भित्रकै आन्तरिक समस्याले संगठन सोचे जस्तो हुन नसकेको केन्द्रिय महाधिबेशन लगतै एक गाउँ एक कमिटी निर्माण गरी आगामी दिनमा संगठनलाई मजवुत बनाउदै विस्तार गरीने निर्णय भएको जिल्ला सक्रेटरी शेरापले जानकारी दिए
। आर्थिक ब्यवस्थापनको लागि सहयोगीदाताहरुवाट स्वच्छिक चन्दा संकलन गरिने पार्टीका सदस्यवाट नियमितरुपमा मासिक उठाइने पार्टी संगठनका निर्णय गतिविधि लगायतको प्रचारप्रसार गर्न अनलाइन संचालन पत्रकार संगठन निर्माण गरिने समेत निर्णय गरिएको इन्चार्ज शेरापले बताए ।
त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटस्थित सहिद नन्दप्रसाद न्यौपाने स्मृतीभवनमा इन्चार्ज शेरापको अध्यक्षता तथा केन्द्रिय सदस्य खुमा सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जनवर्गिय संगठनका प्रमुखहरुको वाग्लो उपस्थिती रहेको थियो ।