डोल्पामा राप्रपा बाहेक सबै दलले गरे उम्मेदवार सिफारिस
Monday, September 5th, 2022, 3:06 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २० भदौ
हिमाली जिल्ला डोल्पामा आसन्न मंसिर ४ मा हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै राजनीतिकदलहरुले उम्मेदवार सिफारिस कार्य सम्पन्न गरेका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिले संघीय र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरेर २० जनाको नाम सिफारिस गरेको छ ।
नेपाली काँग्रेसका पार्टी सचिव हिक्मत शाहीका अनुसार मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ काइँके गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढालाई एकल उम्मेदवार सिफरिस गरेको छ ।
त्यस्तैगरी समानुपातिकतर्फ त्रिपुरासुन्दरी नगरपालिका १ का टंकप्रसाद उपाध्याय ठूलीभेरी नगरपालिका ३ का दुधकुमारी हमाल र अर्णबहादुर न्यौपाने सिफारिस हुनु भएको छ । यसैगरी प्रदेशसभा (क) क्षेत्रका लागि प्रत्यक्षतर्फ पार्टी सभापति दिपेन्द्रबहादुर शाही एकलरुपमा उम्मेदवार सिफरिस हुनु भएको छ ।
त्यस्तैगरी समानुपातिक तर्फ योगेन्द्रबहादुर शाही नवराज शाही श्रीबहादुर शाही दशरथ रोकाया सुवर्ण शाही वेगमसिं ठकुरी रामकुमारी शाही र जुना रोकाया गरी ८ जना सिफरिस हुनु भएको छ ।
प्रदेशसभा (ख) क्षेत्रका लागि प्रत्यक्षतर्फ भैवबहादुर शाही पूर्णबहादुर शाही र श्रीलाल बस्नेत प्रदेशसभा (ख) क्षेत्र तर्फ समानुपातिकमा शुरेसबहाुर शाही विष्णु रोकाया लक्ष्मी शाही र मतिरुपा रावल सिफासि हुनु भएको नेपाली काँग्रेस डोल्पाले जनाएको छ ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले केन्द्रिय प्रतिनिधि सभा प्रत्यक्ष तर्फ मालबहादुर रोकाया र दिलबहादुर विष्टलाई उम्मेदवार सिफारिस गरेको छ ।
प्रतिनिधिसभा समानुपातिक तर्फ कालि चलाउने र भिमा केसी वन्जरारा सिफारिस हुनु भएको छ । प्रदेशसभा (क) क्षेत्रका लागि प्रत्यक्षतर्फ विरेन्द्र डाँगी र धनराम बोहरा समानुपातिक तर्फ.कालि चलाउने र भिमा केसी वन्जारालाई सिफारिस गरेको छ ।
यसैगरी प्रदेशसभा (ख) क्षेत्रका लागि प्रत्यक्षतर्फ कर्णाली प्रदेश सरकारका वन उद्योग तथा पर्यटन मन्त्री वीरबहादुर शाही र चन्द्रमान रोकाया सफिारिस हुनु भएको छ । प्रदेशसभा समानुपातिक तर्फ उर्मिला विक पूर्णिमा बोहरा र क्याल्वो भोटे सिफारिस हुनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बदमीक्वारी बोहरा (बुढा) लाई एकल रुपमा उम्मेदवार सिफारिस गरेको छ ।
प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा(क) क्षेत्रका लागि शेरबहादुर बुढा एकल उम्मेद्वार सिफारिस हुनु भएको छ । समानुपातिकतर्फ भने विष्णुबहादुर रोकाया प्रिमाकुमारी शाही र प्रेमलाल विकलाई नेकपा (एमाले) ले उम्मेद्वार सिफारिस गरेको जनाएको छ ।
त्यस्तै गरी प्रदेश सभा (ख) निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ धनचन्द्र बैजी आङबहादुर लामा र चन्द्रकुमारी बुढा उम्मेदवार सिफारिस हुनु भएको छ । प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फ तुलाचन्द्र बुढा र गोपाल विकलाई सिफारिस गरिएको नेकपा एमाले अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पूर्व पर्यटनमन्त्री धनबहादुर बुढालाई एकल उम्मेदवार सिफारिसगरेको छ।प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ मिलन शाही र काली बुढालाई सिफारिस गरिएको एकीकृत समाजवादी पाटीले जनाएको छ । प्रदेश निर्वाचन क्षेत्र (क)वाट प्रत्यक्षतर्फ नन्दसिं बुढा र गणेशबहादुर शाही सिफारिस हुनु भएको छ ।
प्रत्यक्षतर्फ सिफारिस हुनु भएका गणेशबहादुर शाही भने एस पार्टी छाडेर नेकपा (एमाले) मा प्रवेश गरिसक्नु भएको छ । प्रदेशसभा सदस्य समानुपातिक तर्फ युवा नेता मानप्रसाद बुढा र मिलन शाहीको नाम सिफारिस भएको छ ।
प्रदेश सभा (ख) क्षेत्रका लागि प्रत्यक्ष तर्फ युवराज थकालीको एकल नाम सिफारिस भएको छ ।समानुपातिक तर्फ भने छक्कबहादुर धरला र माया ठकुल्लाको नाम सिफारिस भएको छ ।