निजामती सेवा पुरस्कारबाट बाँके हुलाकका पाण्डे सम्मानित
Wednesday, September 7th, 2022, 6:32 pm
Kalpristha
निजामती सेवा दिवस २०७९ को अवसरमा नेपाल सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारबाट कर्मचारीहरूलाई सम्मानित गरेको छ । जसमा बाँकेबाट एक जनामात्र सम्मानित भएका छन् ।
गत भदौ २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डे सम्मानित भएका छन् । उनले सरकारबाट नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ का बासिन्ता पाण्डे विगत १४ वर्षदेखि निजामती कर्मचारीका रुपमा काम गरिरहेका छन् । यो अवधिमा उनले बाँके र बाँकेभन्दा बाहिर रहेर पनि सम्झन लाएक काम गरेका छन् ।
पाण्डेले वाणिन्य आफूर्ति तथा उपभोक्ता गुणस्तर कार्यालय बाँके, कोहलपुर नगरपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिका, छायानाथ रारा नगरपालिकालगायतका क्षेत्रमा काम गरेर हाल जिल्ला हुलाक कार्यालयमा ३ वर्षदेखि कार्यरत छन् ।
उनले वाणिज्य कार्यालयमा हुँद हरेक व्यवसायीले अगल अगल निवेदन लेख्नु पर्ने बाध्यतालाई हटाउँदै सबै निवदेनलाई एउटै फारममा समावेश गरेर सेवाग्राहीलाई सहजता प्रदान गरेका थिए ।
कोहलपुरमा रहँदा निजी क्षेत्रको सहभागितामा कोहलपुर चौराह निर्माण, चन्द्रगिरीमा कार्यालय भवन निर्माण, हुलाकमा आएपछि खजुरामा हुलाक कार्यालय स्थापना, हुलाकमा बचत वृद्धि, सेवालाई विस्तार, द्रुत डाक सेवाको संचालन गरिरहेका छन् । उनले हुलाकमा रहेको १० करोड रुपैयाँ बचतलाई हाल १५ करोड रुपैयाँ पुर्याएका छन् ।
हुलाकको अतिरिक्त कर्मचारीले १० वर्ष भन्दा बढी समयदेखि नपाएको रकमलाई उनको पहलमा उपलब्ध गराइसकिएको छ ।
अब पाण्डे हुलाकमा इकमर्स सेवा पनि संचालन गर्ने बताउँछन । उनका अनुसार काठमाडौंको सामान नेपालगन्जमा, नेपालगन्जको सामान काठमाडांै तथा अन्य स्थानमा सामान ल्याउन–लैजानको लागि योजना तर्जुमा गरिएको छ ।
नेपाल सरकारले हरेक वर्ष ३० जनालाई निजामती सेवा पुरस्कार, १० जनालाई उत्कृष्ट निजामती सेवा र १ जनालाई सर्वउत्कृष्ट निजामती सेवाबाट पुरस्कृत गर्ने गर्दछ । जसमा बुधबार ३० जना निजामती सेवा र उत्कृष्ट निजामती पाउने निजामती कर्मचारीको नामावली सार्वजनिक भएको छ । तर सर्वउत्कृष्ट निजामती सेवाबाट पुरस्कृत हुनेको भने नाम सार्वजनिक भएको छैन् ।
सरकारले सर्वउत्कृष्ट निजामती सोवाबाट पुरस्कृतलाई २ लाख रुपैयाँ, उत्कृष्ट निजामती सेवाबाट पुरस्कृतलाई १ लाख रुपैयाँ र निजामती सेवाबाट पुरस्कृतलाई ५० हजार रुपैयाँ प्रदान गर्दछ । सोही अनुसार बाँके पुरस्कृत पाण्डेले नगर ५० हजार रुपैयाँ पाउनेछन् ।
देशभरमा भने उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीहरूमा आन्तरिक राजस्व विभागका निर्देशक पदमकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव दीपकप्रसाद खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवाली, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव मुना शर्मा र पाख्रीवास नागरपालिका धनकुटाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल रहेका छन् ।
त्यस्तै, गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सन्तोष पौडेल, पर्यटन मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार यादव, लोकसेवा आयोगकी शाखा अधिकृत रुकु शर्मा पौडेल र कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका सह लेखापाल महँगु लोधले पनि उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् ।
सरकारले निजामती सेवा बाट पुरस्कृत गर्नका लाग निजामती कर्मचारीले कम्तीमा १० वर्ष काम गरेको, कारबाहीमा नपरेको जस्ता तमाम आधार तोकेको । सोपश्चात आधार पुगेका कर्मचारीलाई सम्बन्धित विभाग तथा मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमा नाम पठाउने छ र मुख्य सचिवको अध्यक्षतामा रहेको समितिले छानेर क्याविनेटबाट पास गरेपछि सो निजामती कर्मचारीलाई पुरस्कारबाट सम्मान गरिन्छ ।