पिनको दोस्रो अधिवेशन सम्पन्न
Thursday, September 8th, 2022, 7:25 pm
Kalpristha
नेकपा एमालेको जनवर्गीय संगठन प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन नेपाल (पिन) को दोस्रो जिल्ला अधिवेशन नेपालगन्जमा सम्पन्न भएको छ । उद्घाटन समारोहमा बोल्दै पिनका लुम्बिनी प्रदेश इन्चार्ज प्रकाश जिसीले विज्ञान र प्रविधिको युगमा समाजलाई त्यसमा जोड्न इन्जिनियरहरुले सहजीकरण गर्नु पर्ने बताए । उनले संगठन र पार्टीवीचको सम्बन्ध बढाउँदै पार्टीका नीति र विचारलाई सामाजिक संजालका माध्यमबाट पनि समाजमा स्थापित गर्न प्रचारप्रसारको भूमिका खेल्न सक्ने बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले बाँके जिल्लालाई समृद्ध बनाउन नेकपा एमालेले खाका कोर्दै गएको अवस्थामा तीनवटा निर्वाचन क्षेत्रको इन्जिनियरहरुलाई गुरुयोजना बनाउन आग्रह गरे । उनले पार्टी र पिनको सम्बन्ध प्रगाढ पार्नु पर्ने भन्दै उच्च मनोबलका साथ पार्टी आगामी चुनावमा होमिएको बताए ।
कार्यक्रममा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसी, पिनका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज जीवन अर्याल, बलराम पौडेल, पिनका लुम्बिनी प्रदेश अध्यक्ष दीपक भट्टराई, नेपाल भ्यालुयर्स एशोसिएशन लुम्बिनी प्रदेश सचिव विवेक लामिछाने पिनका बाँके इनचार्ज खेमराज शर्मालगायतले विज्ञान र प्रविधिको माध्यमबाट एमालेका नीति र विचार जनतामा स्थापित गर्न इन्जिनियरहरुको ठूलो भूमिका रहेको औल्याए ।