कोभिड–१९ संक्रमणमुक्त भएकालाई ‘पोस्ट कोभिड’ को खतरा ?
Friday, September 9th, 2022, 10:59 am
Kalpristha

डा . केदार कार्की
कोरोनाभाइरस कोभिड–१९ संक्रमितको ग्राफ पछिल्लो समय ओरालो लागिरहेको छ । संक्रमण घटेरभन्दा पनि परीक्षण दर कम भएका कारण संक्रमितको संख्या घट्दै गएको जनस्वास्थ्यविज्ञहरु बताउँछन । कोरोना संक्रमितको ग्राफमा कमी देखिए सँगै ‘पोस्ट कोभिड’ बढ्न थालेको उपचारमा संलग्न चिकित्कहरु बताउँछन । सरुवा रोग विशेषज्ञ अनुसार कोरोना संक्रमण भई पिसिआर नतिजा नेगेटिभ आइ सके पछि पुन: लक्षणहरु देखिनु लाई ‘पोस्ट कोभिड–१९ सिन्ड्रोम’ भनिन्छ ।
कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमितको संख्या बढी छ कोरोना मुक्त भएका जुनसुकै व्यक्तिमा पोस्ट कोभिड देखा पर्न सक्ने छ । संक्रमण भएर स्वास्थ्य संस्थाबाट नेगेटिभ रिपोर्ट पुष्टि भएर घर फर्किएका हरु मा लामो समय सम्म स्वास्थ्यमा समस्या देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्ने भनाइ छ । नेगेटिभ नतिजा आएर घर फर्किएको हप्तौं/महिनौंसम्म स्वास्थ्यमा विभिन्न खालका समस्या देखिएका व्यक्ति अस्पतालमा आइपुग्ने गरेका छन अमेरिकामा लगभग ३२ प्रतिशतलाई पोस्ट कोभिड भएको अध्ययनहरुले देखाएको छ ।
यद्यपि नेपालमा संक्रमित मध्ये कतिलाई पोस्ट कोभिड भएको छ भन्ने बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग तथ्याङ्क छैन ।कोरोना मुक्त भइसकेपछि पोस्ट कोभिडका कारण शारीरिक र मानसिक रुपमा अस्वस्थ हुँदा धेरै समस्या निम्तिन सकछ । कोरोना मुक्त भइ सके पछि लामो समय सम्म लक्षण देखिएमा पोस्ट कोभिड हो वा अन्य कुनै स्वास्थ्य समस्या हो भन्ने बारे बेलैमा निक्र्यौल गर्नु पर्ने हुन्छ ।
‘पोस्ट कोभिड’ मा निम्न लक्षण हुन्छन
१. धेरै थकान महसुस हुने
२. मांसपेशी कमजोर हुने
३. जोर्नी दुख्नुका साथै शरीर तातो महसुस हुने
४. श्वास फेर्न गाह्रो हुने
५. छाती दुख्ने, मुटुको चाल बढ्ने
६. पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक हुनुका साथै पखाला लाग्ने
७. शरीर कमजोर भएको महसुस हुने
८. लगातार हल्का खोकी लागिरहने
९. छालामा बिमिरा देखिने
१०. मधुमेह नियन्त्रण नहुने
पोस्ट कोभिड हुँदा मानसिक समस्या पनि देखापर्न सकछ । ‘पोस्ट कोभिड भएका बेला मनमा नकारात्मक कुरा धेरै खेल्छ । संक्रमण भएर ठिक भएकाहरु को मनमा विभिन्न किसिमका नकारात्मक सोचले पनि झन स्वास्थ्य समस्या निम्ताउने गर्छ ।’
पोस्ट कोभिड भएका व्यक्तिमा यस्ता मानसिक समस्या देखिन सक्छ
१. मनमा डर पैदा भइरहने
२. एनजाइटी र डिप्रेशनजस्ता समस्या देखापर्ने
३. निन्द्रा नलाग्ने
४. कृत्रिम आवाज बजेको सुन्ने, छिनछिनमा बिर्सने
५. टाउको दुख्ने
६. मुटुको ढुकढुकी बढ्ने, डराउने आदि
संक्रमण मुक्त भएका सबैलाई भने पोस्ट कोभिड नहुने। अस्पतालबाट कोरोना मुक्त भइ घर फर्किए पछि मानसिक रुपमा परिपक्व तथा सकारात्मक सोच राखेको खण्डमा पोस्ट कोभिडको दर आधा कम हुने छ । कोरोना मुक्त भइ सके पछि केहीलाई निमोनियाका कारण श्वास फेर्न गाह्रो हुने भएकाले अक्सिजन नै चाहिन सक्छ तर शारीरिक रुपमै लामो समयसम्म अप्ठ्यारो महसुस भएको खण्डमा चिकित्सक सँग परामर्श लिनु पर्छ। पोस्ट कोभिड ६ महिनासम्म पनि देखिने गरेकाले यस बारे सजग हुन जरुरी छ। पोस्ट कोभिड देखिएको एक र डेढ हप्ता सम्म पनि निको भएन भने चिकित्सकको सल्लाह लिनु पर्छ।पोस्ट कोभिडका कारण शारीरिक, मानसिक तथा दुवै समस्या देखिन सक्छ । शारीरिक र मानसिक दुवै समस्या देखा परेमा दुवै थरी विशेषज्ञ बाट परामर्श लिनु पर्ने हुन्छ । शारीरिक र मानसिक रुपमा स्वस्थ रहन नियमित रुपमा बिस्तारै शारीरिक अभ्यास गर्ने, योगा, मेडिटेसन, प्रणायामहरु गर्दै गएमा फाइदा पुग्ने हुन्छ ।
दुई हप्ताभन्दा बढी समयसम्म सामान्य खालको समस्या देखिन कम नभएमा तत्काल उपचार तथा परामर्श लिन आग्रह छ । कोरोना संक्रमणको दर कम भएका देशहरुमा समेत पोस्ट कोभिडका कयौं बिरामी देखा परि रहेको छ। पोस्ट कोभिडले लामो समयसम्म शारीरिक र मानसिकरुपमा दु:ख दिइरहन सक्ने भएकाले बेलैमा यसको उपचार गराउनु पर्छ। नेपालमा कोरोनाको दोस्रो लहरमा संक्रमितको ग्राफ ओरालो लाग्दैगर्दा पोस्ट कोभिडका बिरामीको चाप बढ्नसक्ने उनले बताए । तर, नेपालमा पोस्ट कोभिड कसरी पहिचान गर्ने, उपचार तथा परामर्श कहाँबाट लिने भन्नेबारे सम्बन्धित निकायले ख्याल नगर्दा जटिल समस्या निम्तिन सक्ने छ ।