फाइटोकेयरद्वारा विक्रेतालाई पुरस्कार वितरण
Friday, September 9th, 2022, 6:18 pm
Kalpristha
फाइटोकेयर इन्टरनेशनल प्रालिले शुक्रबार नेपालगन्जमा कार्यक्रम आयेजना गरेर आफ्नो उत्पादन विक्रेतालाई सम्मानसहित पुरस्कार वितरण एवम् उनीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
फाइटोकेयरका लागि नेपालगन्जको आधिकारिक विक्रेता मोर्डन एग्रो टेक्नोलोजी र फाइटोकेयरले उत्पादित वस्तुको बारेमा अन्तरक्रिया एवम् वार्षिकरुपमा बढी सामान बिक्री गर्ने संचालनकलाई विभिन्न पुरस्कार दिएर उनीहरुलाई सम्मान गरेको छ ।
फायटोकेयरले उत्पादन गरेको २८ प्रकारका बालिनालीको खाद्यतत्व वस्तुहरुको आधिकारिक विक्रेता नेपालगन्जमा रहेको मोर्डन एग्रोले लिएको छ । मोर्डनले बाँके, बर्दिया एवम् कैलालीसम्म उक्त सामानहरुलार्ई वितरण गर्ने गरेको छ ।
कार्यक्रममा तीनवटै जिल्लाका खुद्रा विक्रेतालाई बोलाइएको थियो । उनीहरुलाई मोबाइल, ल्यापटप, टिभिलगायतका सामानहरु पुरस्कारको रुपमा दिइएको थियो । उनीहरुलाई फाइटोकेयरका बजार व्यवस्थापन हेमन्त झाँ, मोर्डन एग्रोका संचालक किरण खानालले पुरस्कार वितरण गरे ।
कार्यक्रममा फाइटोकेयरका बजार व्यवस्थापक झाँले कम्पनीको वार्षिक विक्री बढ्दै गएको बताए । उनले कालपृष्ठकर्मीसँग कुरा गर्दै नेपालगन्जदेखि गत वर्षमा ६५ लाख रुपैयाँको बिक्री भएको उनले बताए । साथै देशभरमा २ करोड बढीको कारोबार फाइटोकेयरले गरेको उनले जानकारी दिए ।
साथै उनले भारतबाट आउने एग्रो सामग्रीमा कडाइ भएका कारण नेपाली कम्पनीहरुले उत्पादन गरेको वस्तुहरुले बजारमा स्थान पाउँदै गएको बताए ।
त्यस्तै मोर्डन एग्रोकी संचालक खनालले फाइटोकेयरले उत्पादन गरेको वस्तुहरुबाट किसानले छिट्टै र गुणस्तरीय उत्पादन गर्न सकेकाले कम्पनीको बिक्री बढ्न सकेको बताइन् ।
कार्यक्रममा उपस्थित सहभागीले फाइटोकेयरले उत्पादन गरेका बालिनालीको खाद्य वस्तुबाट किसानहरु सन्तुष्ट भएको र उनीहरुमाथा फाइटोकेयरले विश्वास लिन सकेको बताए । साथै फाइटोकेयरले गुणस्तरीय वस्तुको उत्पादन सँगसँगै प्याकेजिङलाई पनि महत्वपूर्ण दिनु पर्ने सहभागीले सुझाव दिएका थिए ।