अपाङ्गता बालबालिकाका लागि शैक्षणिक योजना निर्माण हुँदै
Friday, September 9th, 2022, 6:54 pm
Kalpristha
हालसम्म बाँके जिल्लाका ३ सय ६३ सामुदायिक विद्यालय एवम् मदरसाका बालबालिका र कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षक एवम् प्रअको सहभागिता रहेको छ । साथै हालसम्म ६ सय ७६ बालबालिको शैक्षणिक योजनाा निर्माण भई सकेको छ ।
सबैका लागि पढाई कार्यक्रम परियोजनाले गुणस्तरीय शैक्षणिक योजना निर्माण तथा अध्यावधिक सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्दै आई रहेको छ । अपाङ्ग सशक्तीकरण एंव सञ्चार केन्द्र (डेक नेपाल)ले युएसएआईडीको आर्थिक सहयोग, एच आई नेपाल र विश्व शिक्षाको साक्षेदारीमा बाँकेमा संचालित सबैका लागि पढाई परियोजनाअन्तर्गत सामुदायिक विद्यालयमा गुणस्तरीय वैयत्तिक शैक्षणिक योजना निर्माण गर्न अभिमुखिकरण गर्दै आएको हो ।
विगत चार वर्षदेखि संचालित शैक्षणिक योजना निर्माणमा अपाङ्गता तथा पढाईमा कठिनाई भएका १ कक्षा देखि ३ सम्मका बालबालिकाहरुको पठन सिप विकास गर्नका लागि अभिमुखिकरणमार्फत गुणस्तरीय शैक्षणिक योजना निर्माण तथा अध्यावधिकको काम गरिरहेको परियोजनाका संयोजक गोविन्द फुलाराले जानकारी दिए ।
जसमा हालसम्म बाँके जिल्लाका ३ सय ६३ सामुदायिक विद्यालय एवम् मदरसाका बालबालिका र कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षक एवम् प्रअको सहभागिता रहेको छ । साथै हालसम्म ६ सय ७६ बालबालिको शैक्षणिक योजनाा निर्माण भई सकेको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँस्थित रहेको आर्दश आधारभुत विद्यालयमा संचालित बहिरा श्रोत कक्षामा बहिरा अपाङ्गता भएका बालबालिका र तिनका अभिभावक तथा शिक्षिकाहरुसँग गरिएको अन्तरक्रियामा बोल्दै नेरा आर्दश आधारभुत विद्यालयका प्रध्यानाध्यापक देउमतिकुमारी थापाले शैक्षिक सामग्रीदेखि शिक्षकहरुको क्षमता विकास गर्न परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिइन् । विद्यालयमा अहिले गुणस्तरीय शैक्षणिक योजना निर्माण तथा अध्यावधिक बनाउने कार्य भैरहेको बताउँदै प्रध्यानाध्यापक थापाले कुनै विद्यार्थि कमजोर हुने र कुनै नहुने हुँदा यिनै बालबालिकाको लागि शैक्षणिक योजना निर्माण गर्न लागिएको बताइन् ।

.
कार्यक्रममा श्रोत शिक्षक रमा थापाले विभिन्न जिल्लाहरुबाट बहिरा बालबालिका अध्ययनका लागि ४० जनाको हारहारीमा आएको जानकारी दिइन् । श्रोत शिक्षक थापाले विगत ५ वर्ष अघि बहिरा बालबालिका पढाउन निकै मुस्किल पर्ने गरेको अनुभव सुनाउँदै भनिन्, ‘हामिलाई प्रयाप्त मात्रामा शैक्षिक सामग्री पनि थिएन । पढाउँदा आवश्यक पर्ने पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको अभाव थियो जसका कारण गुणस्तरिय शिक्षा दिन नसकिएको अवस्था सुनाइन् । तर अहिलेको अवस्थामा भने निकै राम्रो सुधार भएको श्रोत शिक्षिका थापा बताउँछिन् । विचमा डेक नेपालद्वारा संचालित सबैका लागि पढाई कार्यक्रम परियोजनाले गर्दा विद्यार्थिको शिक्षामा उल्लेख्य परिवर्तन आएको थापाले बताइन् ।
नेपालगन्जमा रहेको मंगल प्रसाद माविमा पनि शुक्रबार वैयक्तीक शैक्षणिक योजना निमार्णसम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । गरिएको शैक्षणिक योजना निर्माण तथा अन्तरक्रियामा सहभागिहरुले विद्यार्थिहरुको शैक्षिक विकासमा सबैका लागि पढाई कार्यक्रम प्रभावकारी रहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष व्रिजेशबहादुर सिंहले पढाइमा कमजोर बालाबलिकाहरुका लागि यो योजनाले पढाइस्तर बढाउन सहयोग हुने बताए । यसको कार्यन्वयनका लागि सबैले सहयोग गर्न पर्ने उनको भनाइ छ । विद्यालयका प्र.अ सुशीलकुमार वर्माले परियोजनाले दृष्टिविहिन बालबालिकाहरुका लागि संचालित श्रोत कक्षामा धेरै सहयोग गरेको जानकारी दिए । शैक्षिक सामग्री प्रदान साथै स्थानीयस्तरमा निमार्ण गर्न सकिने शैक्षिक सााग्रीका बारेमा पनि अभिमुखिकरण शिक्षकलाइए दिई सकेको बताए ।
निमार्ण हँुदै गरेको आर्ईईपी पनि विद्यालयमा कायन्वयनका लागि पहल गर्ने बताए । यस्तै सबैका लागि पढाइ परियोजनाका सामाजिक परिचालक सुनिता पन्तले नेपालगन्जका सबै सामुदायिक विद्यालय, मदरसाहरुमा वैयक्तीक शैक्षणिक योजना निमार्णसम्बन्धी अभिमुखिकरण संचालन गरिएको र योजना निमार्ण गर्ने कार्य पनि भइ रहेको जानकारी दिइन् । कार्यक्रममा एक, दुई र तीन कक्षाका शिक्षक, श्रोत शिक्षकहरु, प्रअ र विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।
परियोजनाले बाँकेका विद्यालयहरुमा अपागङ्गा तथा पढाइमा कमजोर बालबालिकाहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।