राप्रपा डोल्पाले पनि गर्याे उम्मेद्वार सिफारिस
Monday, September 12th, 2022, 2:38 pm
Kalpristha
मंसिर ४ हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पाटी डोल्पाले पनि उम्मेद्वार सिफारिस कार्य सम्पन्न गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय सदस्य विरमल कुमार भण्डारीका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ र प्रदेशसभा निर्वाचन क्षेत्र २ गरेर तीन क्षेत्र रहेको डोल्पामा राप्रपावाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फ अंगदकुमार बुढालाई एकल सिफारिस गरेको छ ।
समानुपातिक तर्फ जगतबहादुर कठायत सम्झना शाही र मनवीर दमाईलाई सिफारिस गरेको छ । प्रदेश निर्वाचन क्षेत्र (क) का लागि प्रत्यक्ष तर्फ नारायण बुढा मन्तास शाही रनबहादुर डाँगी सिफारिस भएका छन् ।
समानुपातिक तर्फ सविना शाही हरिप्रसाद डाँगी र विमला थापा सिफारिस हुनु भएको छ । त्यस्तै गरी प्रदेश निर्वाचन क्षेत्र(ख)का लागि प्रत्यक्ष तर्फ वौदसिं कठायत इन्द्रबहादुर रोकाया समानुपातिकतर्फ गणेश रोकाया नन्दक्वारा शाही र भक्तबहादुर कटुवाल सिफारिस भएको राप्रपाले जनाएको छ ।
राप्रपाले उम्मेद्वार सिफारिस गरेसंगै हिमाली जिल्ला डोल्पामा सबैराजनीतिकदलले उम्मेद्वारी सिफारिस कार्य सम्पन्न गरेका छन् ।