नेपालगन्जको प्रेस सल्लाहकारमा गिरी र प्रवक्तामा पुन: रिजाल नियुक्त
Wednesday, September 14th, 2022, 6:54 pm
Kalpristha
बाँकेको नेपालगन्ज उप–महानगरपालिकाको प्रेस सल्लाहकारमा नवीन गिरी र प्रवक्तामाा पुन: प्रमोद रिजाल नियुक्त भएका छन् । नेपालगन्ज उप–महानगरपालिकाको बोर्ड बैठकले बुधरबार गिरीलाई प्रेस सल्लाहकार र प्रवक्तमा रिजाललाई नियुक्त गर्ने निर्णय गरेको नगर प्रमुख प्रशान्त विष्टले बताए ।
बाँकेमा क्रियाशील पत्रकार हुन् नवीन गिरी । विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील गिरी रेडियो नेपालको बाँके संवाददाता, जय बागेश्वरी मिडिया (रेडियो बागेश्वरी एफएम र बागेश्वरी टेलिभिजन) का सिइओ र बागेश्वरीपोस्ट डटकमको प्रधान सम्पादक हुन् ।
गिरीले यसअघि पूर्व सिँचाइ मन्त्री दीपक गिरी र नरैनापुर गाउँपालिकाको प्रेस सल्लाहकारको भूमिका निभाइसकेका छन् । उनी नेपाली कांग्रेस बाँकेका पनि प्रेस सल्लाहकार हुन् । गिरीले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् ।

.
त्यस्तै नेपालगन्ज उप–महानगरपालिकाको प्रवक्ताको जिम्मेवारी दोस्रोपटक पुन: रिजालले पाएका हुन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा वडा नम्बर १ बाट वडा अध्यक्ष निर्वाचित भएका रिजाल २०७९ मा पुन: अध्यक्ष निर्वाचित भएका थिए ।