सूचनाको हक राष्ट्रिय महासंघ डोल्पामा शाही
Friday, September 16th, 2022, 3:01 pm
Kalpristha
सूचनाको हकको लागि पहिलो पटक महासंघ डोल्पा शाखा गठन भएको छ ।
सदरमुकाम दुनैमा जिल्लास्थित क्रियासिल पत्रकारहरुको भेलाले क्रिषसिल पत्रकार टेकबहादुर शाहीको अध्यक्षतामा १५ सदस्यीय सूचनाको हकको लागि महासंघ डोल्पा शाखा गठन गरेको हो ।
अन्तरिम संविधान २०६३ सूचनाको हक सम्बन्धि ऐन २०६४ सूचनाको हक सम्बन्धि नियमावली २०६५ र नेपालको संविधान २०७२ मा भएको सुचनाको हकलाई ब्यवस्थित गरी ब्यवहारिक रुपमा कार्यान्वयन गर्न महासंघ गठन गरिएको नवगठित महासंघका अध्यक्ष शाहीले बताए ।
सूचनाको हकका लागि महासंघ डोल्पाको उपाध्यक्षमा रामचन्द्र न्यौपाने सचिवमा लेखबहादुर बुढा सहसचिवमा आनन्दसिं रावल कोषध्यक्षमा गायत्री शाहीलाई भेलाले चयन गरेको छ । त्यस्तै गरी सदस्यहरुमा सरोज थापा मेनुका बुढा सुकमाया थापा प्रेम थापा लालबहादुर बुढा विनिता शाही पूर्णबहादुर सार्की र मिलन शाही रहेका छन् ।
महासंघको सल्लाहाकारमा पत्रकारमहासंघ डोल्पाका संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटा विष्णुलाल बुढा कमल बुढा र बबिकिसोर गुरुगलाई चयन गरेको छ ।
महासंघले नागरीकको सूचना सम्बन्धि हकको सुनिश्चितताको लागि जिल्लामा रहेका सरकारी तथा ग्रैह सरकारी कार्यालयमा समेत समन्वय गरी सुशासन कायम गर्न प्रभावकारी भूमिका खेल्ने महासंघले जनाएको छ ।