राजापुरमा ६ बढी घर बाढीबाट प्रभावित
Saturday, September 17th, 2022, 2:33 pm
Kalpristha
बर्दिया जिल्लाको राजापुर नगरपालिका क्षेत्रमा ६ सय बढी घरधुरी बाढीबाट प्रभावित भएका छन् । बिहीबारदेखि परेको पानी कारण राजापुर क्षेत्रमा बाढीले प्रभाव पारेको हो ।
राजापुर नगरपालिकाका प्रमुख प्रकासकिय प्रमुख अर्जुन सुवेदी बर्दियाको राजापुर क्षेत्रमा खतरा तह पार नगर्दै बस्तीमा बाढी पसेको बताउँछन् । साथै चिसापानी जल मापन केन्द्रमा बिहान चेतावनी तह पार गरे लगत्तै राजापुर नगरपालिकाका विभिन्न क्षेत्रमा बाढीको प्रभाव देखिएको छ ।
प्रभाव भएका क्षेत्रमध्ये वडा नम्ब १ दौलतपुर, चनौरा, वडा नम्बर ३ को टेडिया र वडा नम्बर ७ को बाजुरा टोलमा बाढीको बढी प्रभाव देखिएको छ । त्यस्तै गेरुवा गाउँपालिका वडा नम्बर ३ सनकटीघाटमा कर्णाली नदी कटानले व्यापक क्षति पुर्याउन थालेको स्थानीयले बताए ।
अधिकृत अर्जुन सुवेदीका अनुसार बाढीबाट राजापुर नगरपालिकाका ६ सय ५९ घर प्रभावित भएका छन् । जसमध्ये वडा नम्बर १ को दौलपुर र चनौरामा अन्दाजी १५० घर, वडा नं. २ मा ३ घर, वडा नं. ३ मा १५० घर, वडा नं. ४ मा ४० घर, वडा नं. ५ मा ५ घर, वडा नं. ६ मा १ घर, वडा नं. ७ मा १६० घर र वडा नं. ८ मा १५० घर प्रभावित बनेका छन् । प्रभावित व्यक्तिहरु नजिकैको सेल्टर हाउस, विद्यालय र उच्च स्थानमा बसेको उनको बताए ।
चिसापानीस्थित जल मापन केन्द्रका अनुसार अहिले कर्णाली नदीले चेतावनी तह पार गरेर १०.२४ मिटर पुगेको छ । रातिदेखि बढेको पानी बिहान ६ बजेदेखि घट्न सुरु भए पनि अहिले सो क्षेत्रमा पुन: पानी बढ्न थालेको राजापुर १ दौलतपुरका स्थानीय लोकराज ढुंगानाले बताए । जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दै नदीमा काठ दाउरा छोप्ने, माछा मार्ने जस्ता कार्य गर्न नदी छेउछाउमा हिडडुल गर्न जान र जान नदिन सबैमा अनुरोध गरेको छ ।