नेपाल तेक्वान्दो संघ साधारण सभा सम्पन्न
Saturday, September 17th, 2022, 5:37 pm
Kalpristha
नेपाल तेक्वान्दो संघ बाँकेको ५औं साधारण सभा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघ बाँकेका अध्यक्ष प्रकाश लामिछानेको अध्यक्षतामा शनिबार भएको साधारण सभामा राष्ट्रिय खेलकुद परिरषद केन्द्रीय बोर्ड सदस्य श्रीमान थापाको प्रमुख अतिथ्यता रहेका थियो ।
कार्यक्रममा प्रमुख अतिथि थापाले खेलकुदमा आग्रह वा पूर्वाग्रह नराखी काम गर्न आग्रह गर्दै साधारण सभा सफलताको शुभकामना व्यक्त गरे । बाँकेमा तेक्वान्दोको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै खेलाडी, प्रशिक्षक तथा निर्णायक सबै अनुशासन र जिम्मेवारी पूर्वक अघि बढ्नु पर्ने थापाले बताए । कोहलपुर नगरपालिकाले पनि खेलकुद पूर्वाधारहरु निर्माणमा ध्यान पुग्नु पर्ने धारण उनले व्यक्त गरे ।
अध्यक्ष लामिछानेले तेक्वान्दोको उर्जा शक्तिलाई एकिकृत गर्दै तेक्वान्दोको विकासका लागि स्थानीयस्तरमा अघि बढ्नुपर्ने बताए ।
खेलाडीको आक्रषण बढ्दै जानुले तेक्वान्दो खेलको अवस्था जिल्लामा भोली झनै अब्बल बन्दै जाने राष्ट्रिय खेलकुद परिषद सहायक प्रशिक्षक कार्यक्रमका विशिष्ट अतिथी नेत्र बहादुर थापाको भनाइ थियो ।
जिल्ला तेक्वान्दो संघले तदरुकताका साथ काम गर्दा जिल्लामा खेलाडी तथा प्रशिक्षकहरुलाई पनि राहत मिलेको बताए ।
कार्यक्रममा प्रदेश सदस्य मोहन वली, महेश थापालगायतका अतिथीका साथै जिल्ला डोजाङ्ग प्रमुख तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।