पुस्तकालयका नवनिर्वाचित कार्यसमितिले गरे शपथ ग्रहण
Saturday, September 17th, 2022, 8:05 pm
Kalpristha
बाँके जिल्ला नेपालगन्जमा रहेको महेन्द्र पुस्तकालय नवनिर्वाचित कार्यसमितिले सफथ ग्रहण गरेका छन् । शनिबार उनीहरुलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सहित बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको हो ।
पुस्तकालयको गत भादौ २८ गते सम्पन्न सत्रौ अधिवेशनबाट संशोधित विधानको परिच्छेद ४ दफा ७ बमोजिम तीन वर्षको कार्यकालका लागि सम्पन्न कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको निर्वाचन समितिका संयोजक अधिवक्ता लोकबहादुर शाहले जानकारी गराए ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मी, साहित्यकार तथा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक हरिप्रसाद तिमिल्सेना, समाजसेवी ललिता उपाध्याय, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यलगायतले मन्तव्य राखेको थिए ।
मन्तव्यका क्रममा बक्ताहरुले पुस्तकालयको विकासका लागि नयाँ कार्यसमितिले मन लगाएर काम गर्नेमा आफूहरुको विश्वास रहेको बताए ।
यसैगरी निवर्तमान पुस्तकालयका सचिव सुदिप भट्टराईले नव निर्वाचित सचिव मणिदेव अर्याललाई सम्पूणर् दर्ता कागजपत्रहरु हस्तान्तरण गरेका थिए ।
तत्कालीन प्रेम पुस्तकालयका नामले चिनिएको महेन्द्र पुस्तकालयको नयाँ कार्यसमितिका पदाधिकार तथा सदस्यहरुलाई सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ पत्रकार तथा निर्वाचन समितिका सदस्य पूणर्लाल चुकेले गरेका थिए ।
निर्वाचन समितिका सदस्य झविलाल शर्माले सहजीकरण गरेका थिए । यसैगरी बलराम यादवको अध्यक्षतामा नयाँ कार्यसमितिको उपाध्यक्षमा पंकज श्रेष्ठ, सचिवमा मणिदेव अर्याल, कोषाध्यक्षमा अजय कुमार टण्डन, सहसचिवमा धनमाया लुइटेल(ऋचा) रहेका छन् ।
यस्तै महिला सदस्यमा अस्मीता शाह महतरा, मिना सुवेदी रहेका छन् भने सदस्यमा सुनिल भण्डारी, वृजेशबहादुर सिंह, जमिल अहमद सिद्धिकी, वीरेन्द्र प्रसाद जैसी रहेका छन् ।