खजुरामा ‘प्रथम शहिद सेतु विक स्मृति कप २०७९’ हुँदै
Sunday, September 18th, 2022, 2:30 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ खजरामा ‘प्रथम शहिद सेतु बिक स्मृति कप २०७९’ हुने भएको छ । खजुरा युवा क्लबले आयोजना गर्न लागेको उक्त फुटबल प्रतियोगिता असोज ३ गतेदेखि खजुरा संचालन हुनेछ ।
संविधान दिवसको अवसर पारेर दोस्रो जन आन्दोलनमा सहादत प्राप्त शहिद सेतु बिकको समझ्नामा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
खजुरा युवा क्लबको आयोजनामा खजुराको कालिका मन्दिरको खेलमैदानमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष राजु कोइरालाले जानकारी गराए ।
प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय पुरस्कार २५ हजार पाँच सय नगद, ट्रफि, मेडल, प्रमाण पत्र र तृतीय पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र रहेको क्लबका सचिव उत्सव सिजाली मगरले जानकारी दिए ।
साथै प्रतियोगिताको उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक र बढी गोल गर्नेहरुलाई २ हजार ५ सय नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
उक्त खेलको दर्ता शुल्क ३ हजार १ सय रुपैयाँ रहेको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु कालिका मन्दिरको खेलमैदान (जेनिथ इ.बोर्डिङ स्कुल को छेउ) मा खेलाइने आयोजकले जनाएको छ ।