कोहलपुरमा हाम्रो कृषि पसल संचालन हुँदै
Sunday, September 18th, 2022, 3:21 pm
Kalpristha
शिवानी वि.क
कोहलपुर, २ असोज
कोहलपुर नगरपालिकामा हाम्रो कृषि पसल संचाल हुने भएको छ । बाँके हाम्रो कृषि सहकारी संस्थाले आर्गनिक खाद्य पसल संचालन गर्ने भएको हो । पसल गोलपार्क स्थित आफ्नो कार्यालय परिसरको एक सटरमा संचालन गर्ने उक्त सहकारीले जनाएको छ ।
घटस्थापनाका दिन शुभारम्भ हुने पसलमा सस्थाले करिब ६ लाख लागतमा उपर्युक्त सामान राख्न लागेको हो । हुम्ला, जुम्ला, मुगु, डोल्पालगायता जिल्लाबाट चिनो, कागुनो, अचार खाने भांगो, टिम्मुर, घ्यू, घट्टमास पिसेको, मकैको पिठो, कोदाको पिठो, विभिन्न रैथाने जातका चामलहरु मार्सी, जरन फापर, कालो चुक, बेसार आदि मार्टमा पाइने संस्थाले जनाएको छ ।
उच्च गुणस्तरको एवम् उन्नत कृषि सामग्रीहरुको आयात र सर्वसुलभ मूल्यमा बिक्रीवितरणको लागि हाम्रो कृषि पसल संस्थाको रुपमा स्थापना गरिने संस्थाका अध्यक्ष कर्णबहादुर बस्नेतले बताए । नागरिकहरुको स्वास्थ्यमा बिसादियुक्त तथा हाइब्रेड खाद्यान्नले गम्भिर असर गरेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य बर्धक खाद्यान्न राख्न लागिएको अध्यक्ष बस्नेतले बताए छन् ।
उनले किसानलाई राहत पुगोस भन्ने उद्देश्यले तरकारी संकलन गरी घुम्ति निर्माण गरिने र किसानको घरबाट खाद्यान्न खरिद गरी बजारीकरण गर्ने लक्ष्यसमेत सहकारीको रहको बस्नेतले बताए ।
यस संस्थाले बेरोजगार नागरिकलाई रोजगारमा आर्कषण गर्न पनि उक्त पसल र घुम्ति सेवा संचालनमा ल्याइएको हो । बचत र ऋण परिचालनको नियमन, तथ्यांक व्यवस्थापन, अनुसन्धान, सहकारीको क्षमता अभिवृद्धि, सहकारी क्षेत्रको विकास, सहकारी र स्थानीय सरकारबीचको अन्तरसम्बन्ध सुदृढ बनाउने लक्ष्य यस संस्थाले लिएको अध्यक्ष बस्नेतले जनाए ।