खजुरामा दशैं महोत्सव हुने
Monday, September 19th, 2022, 7:12 pm
Kalpristha
हिन्दू नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा बाँके जिल्लाको खजुरामा दशै महोत्सवको आयोजना गरिने भएको छ । स्थानीय एक नम्बर बजारमा आयोजना गरिन लागेको दशैं महोत्सव तथा सास्कृतिक कार्यक्रम २०७९ को सोमबार सचिवालयको उद्घाटन गरिएको छ ।
आदर्श युवा बचत समुह (आदर्श युवा क्लव) खजुराले असोज १६ गते सप्तमीका दिन अयोजना गर्न लागेको महोत्सव सचिवालयको उद्घाटन खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारीले गरे । उद्घाटन गर्दै वडाध्यक्ष भण्डारीले युवाहरुको समूहले एकजुट भएर सामाजिक कार्यहरुसहित दशैंको बेला सद्भाव कायम गर्दै गरिन लागिएको महोत्सवलाई सबैले सहयोग गर्नुपर्ने बताए । आफ्नो परम्परा, रितिथिति जोगाउन युवाहरु लागेको प्रति उनले खुसी व्यक्त गरे ।
आर्दश माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले महोत्सवले खजुराको पहिचानलाई थप चिनाउन मदत गर्नेमा विस्वास व्यक्त गरे । अरुणोदय माविका प्रधानाध्यापक रिषिकेश जिशिले महोत्सवमा रमाउने मात्र नभएर सामाजिक कार्यप्रतिको क्रियासिलताले थप रौनकता थप्ने बताए ।
स्थापनाकाल देखि नै सामाजिक कार्य गर्दै आइरहेको समूहले विगतका वर्षहरुमा सामाजिक कार्यसँगै विभिन्न पर्वहरुलाई हर्ष उल्लासका साथ मनाउन निरन्तररुपमा सास्कृतिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको युवा समूहले यसपटक दशै पर्वलाई वृहत बनाउन शुभकामना आदान प्रदान, सास्कृतिक कार्यक्रम, स्थानीय सामुदायिक विद्यालयलाई डस्टविन वितरणसँगै नि:शुल्क स्वास्थ्य शिविरसमेत संचालन गरिने दशैं महोत्सव तथा सास्कृतिक कार्यक्रम २०७९ का संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।
महोत्सवमा खजुरा, नेपालगन्ज, बर्दिया लगायतका जिल्लाबाट अवलोकन गर्न आउने समूहका सचिव सुवास निरौलाले बताए ।

.