खजुरामा प्रथम शहिद सेतु बिक स्मृति प्रतियोगिता सुरु
Monday, September 19th, 2022, 7:33 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३,खजुरामा ‘प्रथम शहिद सेतु बिक स्मृति कप २०७९’ फुटबल प्रतियोगिता सुरु भएको छ । खजुरा युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिता सोमबारदेखि सुरु भएको हो ।
संविधान दिवसको अवसर पारेर दोस्रो जन आन्दोलनमा सहादत प्राप्त शहिद सेतु बिकको सम्झनामा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
खजुरा युवा क्लबका अध्यक्ष राजु कोइरालाको अध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीको प्रमुख अतिथ्यता रहेको थियो । साथै कार्यक्रममा खजुरा गाउँपालिका नेपाली कांग्रेस सभापति रमेश सिजाली, युवा नेता तिलकबीर सुनार, ईलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रेमप्रसाद रेग्मीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष भण्डारीले पहिलोपटक पालिकामा यस क्षेत्रकै पहिलो शहित सेतु विकको स्मरण गर्दै फुटबल प्रतियोगिता गर्नु गौरवको कुरा भएको बताए ।
खजुरा युवा क्लबले आयोजना गरेको ‘प्रथम शहिद सेतु बिक स्मृति कप २०७९’ फुटबल प्रतियोगितमा १६ वटा फुटबल टिमको सहभागिता रहेको छ । सो प्रतियोगिता मंगलबारदेखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटनमा मैत्रीपूर्ण प्रतियोगिता खेलाइएको थियो ।
प्रतियोगिता खजुराको कालिका मन्दिरको खेलमैदानमा संचालित रहेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय पुरस्कार २५ हजार पाँच सय नगद, ट्रफि, मेडल, प्रमाण पत्र र तृतीय पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र रहेको क्लबका सचिव उत्सव सिजाली मगरले जानकारी दिए ।
साथै प्रतियोगिताको उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक र बढी गोल गर्नेहरुलाई २ हजार ५ सय नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

.

.

.