पहिलोपटक बंगलादेशलाई महिला साफको उपाधि
Monday, September 19th, 2022, 7:53 pm
Kalpristha
काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो ।
बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौंपटक महिला साफको फाइनलमा पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।
बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन । नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् ।
खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट भली गोल गरे ।
खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाइन् । कप्तान सबिना खातुनको चलाखीपूर्ण पासमा अनमार्क रहेकी सरकारले उत्कृष्ट गोल गरिन् ।
७० औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २–१ को स्थितिमा ल्याइन् । अमिषा कार्कीको पासमा अनिताले उत्कृष्ट गोल गरिन् । तर, खेलको ७७ औं मिनेटमा श्रीमोती सरकारले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–१ को जित दिलाइन् ।