१ सय ७९ महिला लागूऔषधकर्ता सम्पर्कमा
Tuesday, September 20th, 2022, 6:12 pm
Kalpristha
‘महिलाले पनि लागूऔषध प्रयोग गर्छन् भन्ने कुरा हाम्रो समाजलाई अझै पनि अपच्य छ । किनकी हाम्रो समाज अझै पनि पुरुष प्रधान समाज हो,’ नवदृष्टि महिला पुनस्र्थापन केन्द्रकी संचालक सिमरनराज भण्डारी भन्छिन् ।
मंगलबार नेपालगन्जमा नवदेष्टि महिला पुनस्र्थापन केन्द्रले संचालन गरेको क्षति न्यूनिकरण कार्यक्रमका बारेमा जानकारी गराइयो । कार्यक्रममा बोल्दै गर्दा भण्डारीले नेपालगन्ज उप–महानगरपालिका भित्रमात्रै रहेका महिला
लागूऔषधकर्ताका बारेमा बताई रहेकी थिइन् । उनले नेपालगन्जमा महिला लागूऔषधकर्ताको स्थिति बताउँदै आफूले सोचेको भन्दा बढी संख्या महिला लागूऔषधकर्ता रहेको बताइन् ।
सिमरनले आफ्नो सम्पर्कमा १ सय ७९ जनामात्र महिला लागूऔषधकर्ता आएको बताइन् । ‘यो संख्या भनेको त हाम्रो सम्पर्कमा मात्रै आएका हुन् । यो भन्दा बढी नै छन् नेपालगन्जमा । कति महिलाहरु त खुल्नै चाहदैनन्,’ उनले कालपृष्ठलाई भनिन् ।
नेपालगन्जमा यसरी महिला लागूऔषधकर्ताको पहिँचान भएको यो पहिलोपटक हो । नवदृष्टि महिला पुनस्र्थापन केन्द्रले यसरी सम्पर्कमा आएका महिला लागूऔषधकर्तालाई सुरक्षा प्रदान गर्न उनीहरुलाई विभिन्न किसिम सामग्री पनि उपलब्ध गराउने गरेको छ ।
नवदृष्टिले ८ महिनाको अवधिका १ सय ७९ जना महिला लागूऔषधकर्तालाई १ हजार ५ सय ४६ सिरिन्ज, ७ हजार ८ सय ३२ कण्डम र ३३ जनाको एचआइभि परीक्षण गरिसकेको छ । संक्रमण नियन्त्रणका लागि महिला लागूऔषधकर्ताबाट ती सामग्रहरु उपलब्ध गराइने सिमरनले बताइन् ।
कार्यक्रममा यसका अलवा नेपालगन्जमा लागूऔषधमा फसेका महिलाहरु देह व्यापारमा पनि सक्रिय रहेको सिमरनले बताइन् । उनले पैसाको अभावका कारण देश व्यापारमा महिलाहरु सक्रिय रहेको उनको भनइ रहेको छ ।
नेपालको परिवेश हेर्ने हो भने एचआईभि संक्रमण फैलिनुको महत्वपूर्ण दोस्रो कारण लागूऔषध प्रयोग कर्ता भएको तथ्यांक रहेको छ । जसका लागि उनीहरुबाट एकअर्कामा संक्रमण नफैलियोस भनेर उनीहरुलाई सिरिन्ज, कण्डम उपलब्ध गराइँदै आइरहेको छ ।