शिलालेख मोह : ४० प्रतिशत काम बाँकी रहँदै उद्घाटन गरिएको कोहलपुर बसपार्क
Tuesday, September 20th, 2022, 7:54 pm
Kalpristha
तत्कालीन कोहलपुर नगरपालिकाका निवर्तमान मेयर लूटबहादुर रावतले सो बसपार्क भवनको उद्घाटन गरेका थिए र शिलाालेखमा पनि उनकै नाम उल्लेख गरिएको छ । सो समयमा उनी केही विवादीत पनि भए । यसबाट लूटबहादुरमा शिलालेख मोह भएको प्रष्ट हुन्छ ।
विक्रम बुढाक्षेत्री
२०७४ सालपछि जनताबाट निर्वाचित भएर स्थानीय निकायमा आएका जनप्रतिनिधिहरुको ध्यान भौतिक पूर्वाधारतर्फ बढी केन्द्रीत रह्यो । नयाँ-नयाँ संरचना बनाउने शिलालेखमा आफ्नो नाम लेख्नका लागि शिलान्यास गर्ने, अधुरै संरचनाको उद्घाटन गर्ने मोह जनप्रतिनिधिमा धेरै नै देखियो । अत सो समयमा शिलान्यास भएका संरचना सम्पन्न नभएका उदाहरणहरु नेपालभरी प्रशस्तै देख्न सकिन्छ ।
जसको एक जल्दोबल्दो उदाहरण हो, कोहलपुर नगरपालिका वडा नम्बर ११ मा निर्माणाधीन लामोदूरी बसपार्कको टर्मिनल भवन । सो बसपार्कको उद्घाटन २०७९ जेठ ३ गते मंगलबार गरिएको थियो । तर सो बसपार्कको काम भने हालसम्म सम्पन्न भएको भने छैन ।
तत्कालीन कोहलपुर नगरपालिकाका निवर्तमान मेयर लूटबहादुर रावतले सो बसपार्क भवनको उद्घाटन गरेका थिए र शिलालेखमा पनि उनकै नाम उल्लेख गरिएको छ । सो समयमा उनी केही विवादीत पनि भए । यसबाट लूटबहादुरमा शिलालेख मोह भएको प्रष्ट हुन्छ ।

.
कोहलपुर नगरपालिकाका मेयर पूणर् आचार्यका अनुसार असारको दोस्रो हप्तासम्म सो बसपार्कको भवन निर्माणको काम ६२ प्रतिशतमात्र सम्पन्न भएको थियो ।
आचार्यले भने, ‘हामी निर्वाचन भएर आएपछि असारको पहिलो/दोस्रो हप्ता तिर हो नगर विकास कोषबाट प्राविधिकको टोली आउनु भएको थियो । साथै हामीहरु निर्माण कम्पनीको टेक सरहरु बसर्पाकको अवलोकन गर्न पुगेका थियो । सो समयमा मैले कति प्रतिशन काम सम्पन्न भएको छ भने सोधेको थियो । प्राविधिक टोलीले ६२ प्रतिशत काम सम्पन्न भएको छ भनेर प्रतिवेदन दिनु भएको थियो ।’ सोपश्चात फेरि केही दिन अघि मेयर आचार्य बसपार्कको अवलोकनका लागि पुगेको बताउँछन् । उनी सो समयमा जाँदा केही प्रगति भएको बताउँछन् ।
यस विषयमा आचार्यलाई काम सम्पन्न नहुँदै शिलालेखमा आफ्नो नाम राख्नको लागि उद्घाटन गर्नु कत्तिको सान्र्दभिक हो भन्ने प्रश्न गर्दा उनी भन्छन्, ‘४० प्रतिशत काम बाँकी रहँदै हतार हतार मा शिलान्यास गर्नु कत्तिको सान्र्दभिक हो त्यो बहसको कुरा हो । यदि म भएको भए त्यो योजना उद्घाटन गर्ने थिएन । अधुरो योजना उद्घाटन गरेर शिलालेखमा नाम लेखाउने थिएन । मलाई त्यतिमात्र थाहा छ ।’
अब समयमै काम सम्पन्न हुन्छ भन्ने प्रश्नमा, ‘मैले निर्माण कम्पनीलाई सोधेको छु । तिहार लगतै नगरपालिकालाई हस्तान्तरण गर्न सकिने उहाँहरुले भन्नु भयो छ । तर चाडवाड र निर्वाचनले गर्दा केही लम्बिन सक्छ । कामको सीमा हेर्दा त्यो योजना समयमा सम्पन्न हुन्छ’ आचार्यले भने ।
बसपार्क उद्घाटनका विषयमा कोहलपुरका स्थानीय पनि हतारमा निर्माण सम्पन्न नहुँदै भवनको उद्घाटन गर्न नहुने बताउँछन् । कोहलपुर नगरपालिका वडा नम्बर ११ का स्थानीय व्यवसायी छविलाल डाँगी कुनै पनि योजनाको उद्घाटन गर्दा जनप्रतिनिधिले विवेक पुर्याउनु पर्ने बताउँछन् । ‘राजनीतिक नेताहरुले कुनै पनि काम गर्नु भन्दा पहिला आफ्नो विवेक पनि प्रयोग गर्नु पर्ने आवश्यक हुन्छ,’ डाँगीले भने, ॅकुनै पनि चिज कतिबेला उद्घाटन गर्नु पर्ने भन्ने विषयमा विवेक पुर्याउन पर्ने हो । यो काम सम्पन्न नहुँदै पहिले नै भयो । यो गलत भाको छ ।’
त्यस्तै अर्का सोही स्थानका स्थानीय तेजप्रसाद अधिकारी निवर्तमान मेयर लुटबहादुरले आफ्नो अधिकार प्रयोग गरेर आफ्नो कार्यकालमा निर्माण भएको देखाउन निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको हुन सक्ने बताउँछन् ।
यसरी निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको बसपार्क भवनलाई फेरि सम्पन्नपश्चात उद्घाटन गर्न नमिल्ने स्थानीयको भनाइ । उनीहरु निर्माण सम्पन्नपश्चात गाडी गुडाएर बसपार्क संचालन गर्नु पर्ने बताउँछन् ।

.
समय अगावै निर्माण सम्पन्न हुन्छ
निर्माणाधीन भवनको लागत पूर्वमूल्यांकन ४६ करोड रुपैयाँको थियो । पछि २७ करोड ८८ लाख ६६ हजार ६ सय ९५ रुपैयाँमा निर्माण सम्झौता भएको थियो । जसको लागि नगर विकास कोषले ६० प्रतिशत र ४० प्रतिशत आन्तरिक स्रोतबाट भवन निर्माणको काम भएको छ ।
निर्माणाधीन बसपार्क भवनको निर्माण ठेक्का खड्का दया सजुन जेभि चिसापानीले लिएको हो । उक्त भवन २०७९ फागुन २५ गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीले २०७७ फागुन २४ गते सम्झौता गरेको थियो । यसरी बसपार्कको भवन निर्माण सम्पन्न गर्न अझै ६ महिना बाँकी देखिन्छ ।
निर्माण कम्पनीका संचालन टेकबहादुर खड्का सम्झौता अवधि अगाडि नै निर्माण सम्पन्न गरेर नगरपालिकालाई बुझाउने बताउँछन् । उनीले निर्माण कार्य तीव्ररुपमा भएको र तिहार लगतै निर्माण सम्पन्न गर्ने बताए ।