स्वदेशमा ब्यापार बढाउन नाकामा सचेतना
Saturday, September 24th, 2022, 5:35 pm
Kalpristha
नेपालगन्ज बजारमा प्रायजसो कपडा तथा कपडा जन्य वस्तु, चिनी, दाल, ठेडागुडी, सुर्तीजन्य वस्तु, चामल अत्यधिक मात्रामा अवैधरुपमा भित्रिने गर्दछ । यहाँसम्मकी नेपालमा बिक्रीका लागि स्वीकृत नलिएका वा अवैध सामानहरु पनि नेपाली बजारमा पाइन्छ ।
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, ८ असोज
चाडपर्व नजिँदै गर्दा ग्राहकको भिड नेपालगन्जमा खासै देख्न पाइँदैन । तर नाका पारीका भारतीय बजारमा भने नेपाली ग्राहकहरुको अत्याधिक भिड देख्न सकिन्छ । मानसिकता हो, नेपाली बजारभन्दा भारतीय बजारमा सामानको मूल्य सस्तो पाइने ।
यस विषयलाई लिएर नेपालगन्ज उद्योग वाणिज्य संघले शनिबार नेपालगन्ज भन्सार नाकामा उपभोक्तामा सचेतना फैलाउने कार्यक्रम आयोजना गरेको छ । नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा, बहराईचमा अत्यधिक मात्रामा किनमेल गर्न जाँदा स्वदेशी ब्यापार धरासायी बनेको भन्दै संघको आयोजनामा सचेतना कार्यक्रम गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहित मन्सुरीले बताए ।
नेपालबाट भारतीय बजार जाँदै गरेका उपभोक्ता र भारतबाट किनमेल गरेर फर्किने उपभोक्तालाई यहाँका उद्योगी, व्यवसायीले स्वदेशमै सामान किनमेल गर्न आग्रह गरेका थिए । नेपालगन्जमै गुणस्तरीय सामान पाइने, स्वदेशमै कमाएर स्वदेशमै खर्च गर्नुपर्ने, सिमावारीको बजार प्रवद्र्धन गर्नुपर्ने जस्ता प्लेकार्ड अभियानमा उपस्थित व्यापारी एवम् उद्यमीले बोकेका थिए ।
यसरी नाकामा स्वदशमै किनमेल गर्न उपभोक्तालाई भन्दै गर्दा नेपालगन्जका ब्यापारी नै अवैध आयातमा संलग्न रहेको स्थानीय एवम् संचारमाध्यामको आरोप पनि छ । उसअघि चर्को ब्याजदर, अवैध आयातविरुद्ध आन्दोलनको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीलाई ॅतपाईंहरु अवैध आयातविरुद्ध आन्दोलन गर्दै हुनुहुन्छ । तर अवैध तरिकाले आएको सामन नै ब्यापारीले बेच्ने गर्दै आएका छन् ?’ जवाफमा मन्सुरिले भने, ॅहामी कहिले पनि अवैध ब्यापारको पक्षमा छैनांै । यदि त्यस्तो काम कसैले गर्दै आएका छन् भने कानुन बमोजिम तत्काल दण्ड गरिन्छ ।’

,,,
नेपालगन्ज उद्योग वाणिज्य संघ सधैव आयात रोक्न माग गर्दै दावावमुलक अभियान गर्दै आएको संघका महासचिव चिरञ्जीवी ओलीले बताए । अवैध आयात रोक्न र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न जमुनाहका पुगेर प्रचारात्मक अभियान गर्दै आएको उनले बताए ।
हुनत यसअघि कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेलले भारतबाट ल्याइएको पाँच कुइण्टल अवैध चिनी बरामद गरी राजश्व अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाएका पनि थिए । अवैध आयातले स्वदेशको व्यापार चौपट्टै हुन थालेपछि आफूहरु रोक्न अग्रसर हुनुपरेको उनले बताए ।
संघको अगुवाईमा यसअघि शुक्रबार बिहान १० बजे चर्को ब्याजदरविरुद्ध नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडि धर्नासहित ज्ञापन पत्र बुझाएका थियो । उद्योगी, व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ चरणवद्ध आन्दोलनमा उत्रिएको अध्यक्ष अब्दुल बताउँछन् ।
नेपालगन्ज बजार खुल्लारुपमा भारतीय बजारसँग नजिक रहेको छ । खुला नाकाका कारण सस्तोमा खरिद गरेर बिना भन्सार मुनाफा धेरै लिएर बेचबिखन हुने गरेको यहाँ पाइन्छ । नेपालगन्ज बजारमा प्रायजसो कपडा तथा कपडा जन्य वस्तु, चिनी, दाल, ठेडागुडी, सुर्तीजन्य वस्तु, चामल अत्यधिक मात्रामा अवैधरुपमा भित्रिने गर्दछ । यहाँसम्मकी नेपालमा बिक्रीका लागि स्वीकृत नलिएका वा अवैध सामानहरु पनि नेपाली बजारमा पाइन्छ । जुन वस्तु अवैधरुपमा नेपालगन्ज छिर्ने गर्दछ ।
यसरी हुने तस्करी नियन्त्रण गर्न उद्योग वाणिज्य संघहरु नै सडकमा आएपछि तस्करी नियन्त्रण गर्न सरकारले खटाएका निकायलाई केही सजिलो हुने निश्चित छ । तस्करी नियन्त्रण गर्न सरोकारवाला निकाय सक्रिय हुनुपर्ने र अवैध ब्यापारलाई प्रोत्साहन गर्नुपर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीस बताउँछन् ।