भातृ संगठनलाई सक्रिय बनाउँदैं माओवादी
Thursday, October 13th, 2022, 5:37 pm
Kalpristha
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर रणनीति बैठक बसेको छ ।
नेपालगन्जमा भएको बैठकमा सघीय र प्रदेसको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उप–महानगरपालिकानगर कमिटीले संगठन बिस्तार, संगठन सुदृढीकरण, चुनावी अभियानका बारेमा छलफल भएको थियो ।
पार्टी कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिका अध्यक्ष डम्बर बहादुर विक तुफान, माओवादी केन्द्रका प्रदेस सह– सचिव तथा बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार अकलबहादुर बमले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा बाँके निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज गेहराज रिजाल (नवीन शर्मा ), प्रदेस कमिटी सदस्य मिना चदारा जिल्ला समन्वय समितिका सदस्य अर्जुन कार्की , नेपालगन्ज उप–महानगरपालिका कमिटी उपाध्यक्ष अध्यक्ष तथा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष गोपाल पुन,उपाध्यक्ष बसन्त मल्ल, सचिव प्रेम शाह ,कोषाध्यक्ष कस्मिरा खातुन लगायतका नेता तथा कार्याकर्ताको सहभागीता रहेको थियो ।
बैठकले असोज २८ गते मधेसी मुक्ति मोर्चाको भेला गर्ने, १९ गते मुस्लिम मुक्ति मोर्चाको भेला गर्ने ३० गते अखिल नेपाल महिला संघ क्रान्तिकारीको नगर कमिटी बैठक गर्ने ,३१ गते आदिवासी जनजाति महासंघ नगर कमिटीको भेला गर्ने कार्तिक १ गते वाइसीएल नेपालको नगर कमिटीको भेला गर्ने र साथै आफ्नो अनुकुल्तामा वडाका इन्चार्जहरुले वडाको बैठक गर्नुपर्ने नेपालगन्ज उप–महानगरपालिका नगर कमिटीका सचिव प्रेम शाहले जानकारी दिए ।
बिस्तारित बैठकलाई सम्बोधन गर्दै प्रदेश सभा उम्मेदवार अकल बहादुर बमले यसपटक माओवादीले जित्नै पर्ने र अब देशको बागडोर माओवादी केन्द्रले लिने जिकिर पनि गरे । उनले भने, ‘राजनीतिक रुपमा हामीले लिइरहेका छौं । अब ब्यवहाररिक रुपमा पनि लिनेछौ । त्यसकालागि सबै समर्पित भएर लाग्न, एकताबद्ध भएर लाग्न अनुरोध गरे । देशको व्यवस्था बदल्न अब जनताको अबस्था बदल्छौं । त्यससका लागि माओवादी केन्द्रले जित्नु पर्ने हुन्छ ।’
क्याप्सन: नेकपा माओवादी बाँकेले नेपालगन्जमा गरेको बैठकका सहभागिहरु । तस्विर: कालपृष्ठ