‘साना साना सपना’ खुल्ला नाटक प्रदर्शन
Friday, October 14th, 2022, 1:21 pm
Kalpristha
शिल्पी थिएटरको मुक्त रङ्गमञ्चको मुख्य आयोजनामा साना साना सपना नामक खुल्ला नाटक प्रदर्शन गरेको छ ।
दियालो परीवार बाँकेको संयोजनमा साना साना सपना नामक नाटक कोहलपुरको श्री ज्ञानज्योति माध्यामिक विद्यालयको प्रांगनमा प्रर्दशन गरेको हो । शिल्पी थिएटर, काठमाडौंको मुख्य आयोजना स्थानीय आयोजक दियालो परिवार, बाँकेले प्रर्दशनको जिम्मा लिएका नाटक मञ्चनलाई कोहलपुर नगरपालिका बाँके र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँकेको सहकार्य रहेको थियो ।

….
मिडिया पार्टनर सामुदायिक रेडियो कोहलपुर एफ एम १०१.५ मेगाहर्ज, गरेको थियो । कोहलपुरमा रहेको उक्त नाटक मञ्चन कार्यक्रममा राज्य तथा स्थानिय सरकारले अपनाएको विकास योजना र कामसंग जनताको आबश्यकताको तालमेल कसरी हुन्छ विकास गर्ने भन्ने बहस नाटकले गराएको आयोजकले जनाएको छ ।
नाटक हेर्न कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुबेदी , प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाल, नगर प्रहरी प्रमुख, कोहलपुर क्षेत्रका शैक्षिक ब्यक्तित्व, शिक्षक, बिद्यार्थी, साहित्यकार, लेखक, खेलप्रेमी, राजनितिज्ञ लगाएत सयौं ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
युबराज घिमिरेको परीकल्पना तथा निर्देशनलाई निर्देशन सहयोगी पबित्रा खडकाले गरेको नाटककमा मञ्जु श्रेष्ठ, संगिता उरांव, झकेन्द्र वि सी, ज्योति पोखरेल, सविन कट्टेल, रविन परीयार, गोबिन्द ओली, हिमाल भुजेल, शुशिला लुहार, योगेन्द्र बराल, स्मारीका फुयांल, निर्मल साउद र सुमित भण्डारी लगाएतले अभिनय गरेका थिए ।