दाङमा प्रदेशसभाका अधिकांस नयाँ उम्मेदवार
Saturday, October 15th, 2022, 6:45 pm
Kalpristha
निर्वाचन–२०७९
जिल्लाका प्रदेशसभाका ६ वटा निर्वाचन क्षेत्रमा मुख्य दलहरुले अधिकास नयाँ अनुहार उम्मेदवार दिएका छन् भने अन्य साना पार्टी र स्वतन्त्र पनि नयाँ अनुहार नै छन् । दाङ निर्वाचन क्षेत्र न १ (१)मा इन्द्रजित चौधरी दोहरिएका छन भने क्षेत्र न ३ (१) मा डिल्लीबहादुर चौधरी दोहरिएका छन् ।
इन्द्रजित चौधरी गठबन्धबाट माओवादी केन्द्रबाट उम्मेदवार भएका हुन । त्यसैगरेर डिल्लीबहादुर गठबन्धन अन्तर्गत कांग्रेसबाट दोहरिएका हुन । दुवै जना लुम्बिनी प्रदेशका मन्त्री समेत हुन । डिल्लीबहादुरसँग एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे छन् । पाण्डे तुलसीपुर उपमहानगरपालिकामा निवर्तमान मेयर हुन । यो क्षेत्रमा ६६ हजार ४ सय ८६ मतदाताहरु छन् । जसमध्य ३२ हजार १ सय ६६ पुरुष तथा ३४ हजार ३ सय २० महिला मतदाता छन् । २१ मतदान स्थल र ७४ मतदान केन्द्र छन् । यो क्षेत्र अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४ र १५ वडाहरु छन् ।
त्यसैगरेर एमालेले निर्वाचन क्षेत्र न. १ को (१)मा गंगाराम भटराईलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा ७० हजार २ सय ६७ मतदाता छन् । ३५ हजार ३ सय ७९ पुरुष तथा ३४ हजार ८ सय ८७ महिला मतदाताहरु छन् । यस निर्वाचन क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकासँगै राजपुर गाउँपालिका वडा नं. १, २ र ३ नम्वर पर्ने गरेको छ । यस क्षेत्रमा २४ वटा निर्वाचनस्थल र ७८ वटा निर्वाचन केन्द्रहरु छन् ।
त्यसैगरेर क्षेत्र न १ को २ मा मुख्यपार्टीले नयाँ अनुहारलाई उमेदवार दिएको छ । गठबन्धनले अनुराग खड्कालाई उम्मेदवार बनाएको छ । उनी नेपाली कांग्रेसका स्वर्गीय नेता तथा पूवमन्त्री खुमबहादुर खड्काका छोरा हुन । उनी पहिलो पटक संसदीय अभ्यासमा आएका छन् । यहाँ एमालेले पार्टीका प्रदेश कमिटि सदस्य कुलबहादुर केसीलाई उम्मेदवार बनाएको छ । केसी लमही नगरपालिकाका निवर्तमान मेयर हुन । यस क्षेत्रमा ६४ हजार ४ सय ६६ मतदाता छन् । उनीहरुमध्ये ३२ हजार २ सय ६२ पुरुष र ३२ हजार २ सय ४ जना महिला मतदाता छन् । यस निर्वाचन क्षेत्रमा २७ मतदान स्थल र ७४ मतदान केन्द्रहरु रहेका छन् । यो प्रदेशसभा निर्वाचन क्षेत्र लमही नगरपालिका, राजपुर गाउँपालिका वडा नं. ४, ५, ६ र ७ नम्वर वडासँगै घोराही उपमहानगरपालिका वडा नं. १, २, ३ र ५ नम्वर पर्छन ।
त्यसैगरेर क्षेत्र न ३ को २ मा गठबन्धनले धनबहादुर मास्केलाई उम्मेदवार बनाएको छ । उनको लागि पनि यो ससदीय चुनावी प्रतिष्पर्धा नयाँ हो । त्यसैगरेर नेकपा एमालेले पार्टीका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा ७९ हजार बढी मतदाता छन् ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार उक्त निर्वाचन ७९ हजार ९ सय ८९ मतदाता रहेका छन् । ३९ हजार ५ सय ९ पुरुष र ४० हजार ४ सय ८१ महिला मतदाता छन् । जिल्लाका सबैभन्दा धेरै मतदाता रहेको उक्त क्षेत्र पश्चिम दाङका बबई गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिकासँगै तुलसीपुर उपमहानगरपालिका वडा नं. १, २, १० र ११ नम्वर पर्ने गरेका छन् । यस निर्वाचन क्षेत्रमा ३३ वटा मतदानस्थल र ९३ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
त्यसैगरेर दाङ क्षेत्र न २ को १ मा एमालेले पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य बलिभद्र रानालाई उम्मेदवार बनाएको छ । उनको ससदीय चुनाव पहिलो हो । गठबन्धनले कांग्रेसका लुम्बिनी प्रदेश समिति उपसभापति राजु खनाललाई उम्मेदवार बनाएको छ । खनाल २०७० सालको संविधानसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७४ सालको चुनावमा भने पराजित भएका थिए । यो निर्वाचन क्षेत्रमा ३० हजार ५ सय ५३ पुरुष र ३२ हजार ७ सय ६९ जना महिला मतदाता गरेर ६३ हजार ३ सय २२ मतदाताहरु छन् । २५ मतदानस्थल र ६८ मतदान केन्द्रहरु छन् । यो निर्वाचन क्षेत्र बंगलाचुली गाउँपालिकासँगै घोराही उपमहानगरपालिका वडा नं. ४, १३, १४, १५, १७, १८ र १९ नम्वर पर्छन ।
त्यसैगरी दाङ क्षेत्र न २ को (२) मा एमालेले पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य गिरिराज केसीलाई उम्मेदवार बनाएको छ । गठबन्धनले काँग्रेसका लुम्बिनी प्रदेश प्रवक्ता प्रचण्डविक्रम न्यौपाने(गुन्टु)लाई उम्मेदवार बनाएको छ । केसीले विगतमा पनि ससदीय चुनावको अभ्यास गरेका छन भने न्यौपानेको लागि भने यो नयाँ नै हो । यो निर्वाचन क्षेत्रमा ७० हजार ४ सय २६ मतदाताहरु छन् । पुरुष ३४ हजार ४१ र महिला ३६ हजार ३ सय ८५ छन् । यस निर्वाचन क्षेत्रमा २३ मतदान स्थाल र ७८ मतदान केन्द्रहरु छन् । यसक्षेत्रमा घोराही उपमहानगरपालिका वडा नं. ६, ७, ८, ९, १०, ११, १२ र १६ नं. तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६, १७, १८ र १९ नम्वर वडाहरु पर्छन । त्यसैगरेर प्रदेशसभा निर्वाचन क्षेत्रमा अन्य पार्टी र स्वतन्त्र बनेर उम्मेदवार दिएका पनि नयाँ नै छन् ।