निर्वाचनमा सक्रिय हुँदैं ट्रेड युनियन कांग्रेस बाँके
Monday, October 17th, 2022, 10:44 am
Kalpristha
नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्ने निर्णय गरेको छ ।
आइतबार नेपाली कांग्रेस बाँके पार्टी कार्यालयमा बसेको बैठकले निर्वाचन लक्षित गरेर ९ सदस्यीय समन्व समिति गठन गर्ने देखि लिएर अन्य महत्वपुर्ण निर्णय गरेको छ । बैठकमा नेपाल ट्रेड युनियन कांग्रेस बाँकेसँग आवद्ध विभिन्न संघका अध्यक्ष, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका स्थानीय तहका अध्यक्ष, जिल्ला कार्यसमिति पदाधिकारी, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्र, प्रदेशसँग आवद्ध पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
नेपाल ट्रेड युनियन कांग्रेस बाँके अध्यक्ष राम मल्लले बैठकले स्थानीय तहमा रहेका कर्मचारीको समस्या देखी लिएर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन संगठनले विभिन्न योजना बनाएर अगाडी बढने निर्णय गरेको बताए ।
अध्यक्ष मल्लका कात्तिक २५ गते भित्र बाँकेमा रहेका सबै स्थानीय तहमा समिति गठन गर्ने, नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध रहेका संघको अधिवेशन केन्द्रिय परिषद अनुसार सम्पन्न गर्ने निर्णय भएको छ ।
डुडुवा गाउँपालिकामा कार्यरत कर्मचारीले गत साउन महिना देखी तलब पाउन नसकेको विषयमा नेपाली कांग्रेस बाँके, डुडुवा गाउँपालिकालाई ज्ञापन पत्र बुझाउँदैं समस्या समाधानका लागि समन्वकारी भुमिका खेल्ने समेत निर्णय भएको छ ।
यसैगरी बैठकले नेपाल सार्वजनिक संघ लुम्बिनी प्रदेश अध्यक्ष दुर्गा प्रसाद जैसीकी आमा नामसरा जैसी, नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष मुकुन्द अधिकारीकी आमा इन्दिरा देवी अधिकारी, नेपाल ट्रेड युनियन कांग्रेस बाँके जिल्ला सदस्य मधु योगीकी सासु आमा सरस्वती खत्रीको निधनप्रति श्रद्धाञ्जली व्यक्ति गरेको छ ।